मोनाको पाँचौ महाधिवेशनको उद्घाटन

  • २६ आश्विन २०८०, शुक्रबार
  • 352 पटक पढिएको

 

म्याग्दी, २६ असोज । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशन शुक्रबारदेखि बेनीमा सुरू भएको छ । विभिन्न देशमा ब्यावसाय, रोजगारी, शिक्षाको क्रममा विश्वभर छरिएर रहेका म्याग्देलिहरूको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारि समितिको नयाँ नेतृत्व चयनका लागि अधिवेशन गरिएको हो ।

खुल्लामञ्चमा सुरु भएको महाधिवेशनको उद्घाटन प्रतिनिधि सभा सदस्य खमबहादुर गर्वुजाले (खम्बीर) गर्नुभएको हो । महाधिवेशनबाट मोनाको आगामी दुई बर्षे कार्यकालको लागी नयाँ नेतृत्व नयन गरिने मोनाले जनाएको छ । आगमी नेतृत्वको दावी गर्दै मोना समितिका बरिष्ठ उपाध्यक्ष ददीवल खड्का र सल्लाकार मीम पुर्जाको उम्मेद्वारी दर्ता भएको छ । खड्का जापान र पुर्जा नेदरल्याण्डमा बसोबास गर्छन ।

मोना आईसीसीको जिल्लाको आर्थिक, सामाजिक र मानविय सेवामा महत्वपूणर् योगदान रहदै आएको छ। महाधिवेशनमा २८ देशबाट प्रतिनिधि उपस्थित भएका छन् । उद्घाटन सुरू हुनुभन्दा अघि बेनी बजारमामा झाँकि र वाजागाजा सहित र्‍याली निकालिएको थियो । अधिवेशनमा राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुती देखाउने छन ।


मोनाका अध्यक्ष अम्मर छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य गर्बुजा, गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास तथा यातायात मन्त्री रेशम जुग्जाली, संविधासभा सदस्य थममाया थापा, रेशम बानियाँ, प्रदेशसदस्यद्वाय हरीभण्डारी र विमला गौचन लगायतको उपस्थित रहेको छ । उद्घाटन कार्यक्रममा चिमखोलाको थालीनाचँ प्रस्तुत गरिएको थियो ।