म्याग्दी समाचार
भूमिहीनलाई जग्गा उपलब्ध गराउन म्याग्दीका पालिका र आयोग विच सम्झौता
- 3 बर्ष, 5 महिना अगाडि
- २१ असार २०७९, मंगलवार
म्याग्दी, २१ असार । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, र अब्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन म्याग्दीका स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच सम्झौता भएको छ । नेपाल सरकार राष्ट्रिय भूमि आयोगको काम सम्वन्धी विविध विषयमा मंगलबार बेनीमा भएको अभिमुखिकरण कार्यक्रममा आयोगसंग म्याग्दीका स्थानीय तहले सम्झौता गरेका हुन् । जिल्लाका ६... पुरा पढ्नुहोस
धवलागिरी बेशक्याम तर्फ उक्लदै भेडाको बथान (तस्विरमा)
- 3 बर्ष, 5 महिना अगाडि
- १८ असार २०७९, शनिबार
बेनी, १८ असार। म्याग्दीको धवलागिरी गाउँपालिका– ५ मल्कवाङका देवान छन्त्यालले पालेको भेडीगोठको बथान चरनका लागि हिमनदी पार गरेर धौलागिरी आधार शिविरको लेकतिर उक्लदै गरेका भेडाको बथान । गर्मिको समयमा हरेक बर्ष देवान छन्त्यालले भेडालाई चरनका लागि भिर र नदीको जोखिमपुर्ण यात्रा गर्दै भेडागोठलाई धवलागिरी बेसक्यामतिर पु¥याउने गर्छन । तस्बिर... पुरा पढ्नुहोस
बेनी नगरपालिकाद्वारा विद्यालयलाई ल्यापटप वितरण
- 3 बर्ष, 5 महिना अगाडि
- १७ असार २०७९, शुक्रबार
म्याग्दी, १७ असार । बेनी नगरपालिकाद्वारा आज (बिहीबार) नगरपालिकाअन्तर्गत विभिन्न वडामा सञ्चालनमा रहेका विद्यालयहरुलाई ल्यापटप वितरण भएको छ । नेपाल सरकारको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगरपालिकालाई प्राप्त सशर्ततर्फको कार्यक्रमबाट विद्यालयलाई ल्यापटप खरिद गरी वितरण गरिएको हो । ल्यापटप पाउनेमा बेनी नगरपालिका–२, ज्यामरुककोटको सरस्वती आधारभूत विद्यालय बगरफाँट र... पुरा पढ्नुहोस
रवि लामिछानेले लिए दल दर्ताको प्रमाणपत्र, चुनाव चिन्ह गोलाकार भित्रको घण्टी
- 3 बर्ष, 5 महिना अगाडि
- १७ असार २०७९, शुक्रबार
सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता पश्चात सो दललाई शुक्रबार दल दर्ताको प्रमाणपत्र समेत दिइएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए । पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगले खारेज गरेको छ । ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको नाम... पुरा पढ्नुहोस
गुर्जामा उच्च घनत्वको स्याउखेती विस्तार
- 3 बर्ष, 5 महिना अगाडि
- १७ असार २०७९, शुक्रबार
म्याग्दी, १६ असार। म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउ खेती विस्तार गरिएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उक्त स्याउका बिरुवा गुर्जामा रोपिएको हो । यसपाली गुर्जामा उच्च घनत्वको सात सय कलमी बिरुवा रोपिएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले जानकारी दिए ।... पुरा पढ्नुहोस
म्याग्दीमा मनाईयो १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव
- 3 बर्ष, 5 महिना अगाडि
- १५ असार २०७९, बुधबार
म्याग्दी,१५ असार । म्याग्दीमा पनि राष्ट्रिय धान दिवस मनाइएको छ । बेनी नगरपालिका कृषि शाखाको आयोजनामा १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०७९ विविध कार्यक्रमको आयोजना गरी मनाइएको हो । बेनपा–४, सिङ्गास्थित आङ्गेबगरमा आयोजित कार्यक्रमको धान रोपेर उद्घाटन गर्दै् बेनी नगरपालिकाका प्रमुख सुरत केसीले कृषकहरुलाई कृषि उत्पादनमा जोडौं र... पुरा पढ्नुहोस
विपन्न विरामीको उपचारमा गलेश्वरधाम आमा समूहको सहयोग
- 3 बर्ष, 5 महिना अगाडि
- १४ असार २०७९, मंगलवार
म्याग्दी १४ असार । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहले विपन्न परिवारका बालकको उपचारमा आर्थिक सहयोग गरेका छन् । स्थानीय राजकुमारी विकका छोरा राजकुमार विक टाउकोको समसयाले लामो समयदेखि उपचार गराउँदै आएको र आथिृक अभाबले उपचारमा समस्या भएपछि गलेश्वरधाम आमा समूहको नेतृत्वमा गलेश्वर बजारमा चन्दा संकलन गरी रु... पुरा पढ्नुहोस
उद्घोषण कलासम्बन्धी तालिम सम्पन्न
- 3 बर्ष, 5 महिना अगाडि
- १४ असार २०७९, मंगलवार
म्याग्दी, १४ असार । म्याग्दीको सदरमुकाम बेनीमा १५ दिने उद्घोषण, भाषण कला तथा क्षमता विकास तालिम सम्पन्न भएको छ । व्यावसायिक तथा सीप विकास तालीम केन्द्र पवर्तको आयोजना तथा अपाङ्ग संघ म्याग्दीको संयोजनमा अपाङ्गता भएका व्यक्ति तथा परिवारका सदस्यलाई लक्षित गरी तालिमको आयोजना गरिएबो थियो । तालिमको समापना कार्यक्रमको अवसरमा... पुरा पढ्नुहोस
बेनीमा असार २० र २१ गते विद्यालयस्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता हुने
- 3 बर्ष, 5 महिना अगाडि
- १४ असार २०७९, मंगलवार
म्याग्दी, १४ असार। म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा यही असार २० र २१ गते सदरमुकाम बेनीमा राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको हो । असार ८ गते प्रदेश खेलकुद परिषद्... पुरा पढ्नुहोस
हिलाम्मे सडकमा धान रोपाई गरेर विरोध
- 3 बर्ष, 5 महिना अगाडि
- १३ असार २०७९, सोमबार
म्याग्दी, १३ असार । बेनी दरबाङ सडक अन्र्तगत लाम्पाटा – दरबाङ सडक खण्ड निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध जनाएका छन् । निर्माणधिन सडक ठेकेदारले अलपत्र पारेपछि सडक हिलाम्मे हुने र पैदल हिड्न समेत असहज भएपछि स्थानीयहरुले सोमबार हिलाम्मे सडकमा धान रोपेर विरोध जनाएको... पुरा पढ्नुहोस