जन्मदिनको अवसरमा विद्यार्थीलाई न्यानो कपडा सहयोग

  • ६ आश्विन २०७९, बिहीबार
  • 467 पटक पढिएको

म्याग्दी, ६ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका– २ स्थित रहेको अन्नपूर्ण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । राखु सिजलगाउँ निवासी हाल अस्ट्रेलिया रहेका गकुल भण्डारीले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा अध्ययनरत ३२ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुभएको हो ।


जन्मत्सोवका अवसरमा गकुल भण्डारीका बुवा राजु भण्डारी र मुक्तिधाम माविका पुर्व शिक्षक ओमबहादुर भण्डारीले विहिबार विद्यालयमा पुगेर विद्यार्थीहरुलाई न्यानो कपडा हस्तान्तरण गर्नुभएको थियो ।

न्यानो कपडा हस्तान्तरण कार्यक्रममा मुक्तिधाम माविका पुर्व शिक्षक ओमबहादुर भण्डारीले जन्मदिनमा गरिने रचनात्मक कार्यले समाजमा समेत सकात्मक सन्देश प्रवाह गर्नेे बताउनुभयो । विद्यालयका प्रअ देउ बहादुर भण्डारीले जाडो याममा आवश्यक न्यानो कपडा विद्यार्थीलाई सहयोग गरेकोमा सहयोगदातालाई धन्यवाद दिनुभएको थियो । यस्तो सहयोगले विद्यालयको शैक्षिक गतिविधिमा थप सहयोग पुग्ने बताउनुभयो ।

शिक्षक गंगा बहादुर भण्डारीको संचालनमा भएको न्यानो कपडा वितरण कार्यक्रममा विद्यालय ब्यवस्थापन समिति अध्यक्ष रुद्रबहादुर भण्डारी, अभिभावक लगायतको उपस्थित रहेको थियो ।