म्याग्दी समाचार

सात वर्षमा पोखरा–जोमसोम रुटमा तारा एयरको दुई ठूला दुर्घटना

म्याग्दी १७ जेठ ।  पोखरा–जोमसोम रुटमा उडान भर्दै आएको तारा एयरका विमान सात वर्षमा दुई ठूला दुर्घटनामा परेका छन् । आइतबार पोखराबाट बिहान ९ः५५ बजे उडेको २२ जना सवार तारा एयरकोे ९ एनएइटी ट्वीनअटर जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङस्थित सानुसरेमा दुर्घटनामा परेको थियो । प्रतिकूल मौसम र भौगोलिक कठिनाइका कारण... पुरा पढ्नुहोस

कृषिमैत्री बजेट आएको भन्दै किसान खुसी

म्याग्दी, १७ जेठ । सरकारले कृषिमैत्री बजेट ल्याएको भन्दै म्याग्दीका किसान खुसी र उत्साहित भएका छन् । यो बजेट कार्यान्वयन भएमा कृषि कर्ममा लाग्नेलाई ठूलो राहत मिल्ने किसानको विश्वास छ । बेनी नगरपालिका– २ खबरामा तरकारी खेती गर्दै आएका जिल्लाका अगुवा किसान चन्द्रबहादुर कार्कीले सरकारले यस पटकको बजेटमा कृषि क्षेत्रमा... पुरा पढ्नुहोस

धवलागिरीमा आइतबार सार्वजनिक बिदा नहुने

म्याग्दी, १७ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिकाले आईतबार सार्वजनिक विदा नदिने भएको छ । मुनामा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षमा सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकलले गाउँपालिकाकाको कार्यालय, वडा कार्यालय र विद्यालय शनिबार बाहेक आईतबार देखि शुक्रबारसम्म संचालन हुने निर्णय गरेको हो । नेपाल सरकारले परिक्षणका लागि जेठ १ गतेदेखि लागु... पुरा पढ्नुहोस

दुर्घटनामा परेको तारा एयरको ब्ल्याकबक्स भेटियो, सबै शव काठमाण्डौ पठाईयो

म्याग्दी, १७ जेठ । आइतबार मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सिरानमा पर्ने सानुसरे भीरमा दुर्घटना परेको तारा एयरको ट्विनअटरको ब्ल्याक बक्स भेटिएको छ । शव संकलन तथा खोजी गर्न गएको टोलीले मंगलबार बिहान फेला पारी कोवाङ ल्याएको विमानको ककपिट भ्वाइस रेकर्डर (ब्ल्याक बक्स) काठमाडौं पठाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले... पुरा पढ्नुहोस

तारा एयरको विमान दुर्घटनामा २२ जनाकै शव भेटियो

बेनी , १७ जेठ । मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ । तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको छ ।... पुरा पढ्नुहोस

अन्नपूर्णको कार्यपालिका सदस्यमा एमालेका उम्मेदवार निर्विरोध

म्याग्दी, १७ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवारहरु निर्विरोध भएका छन् । मनोनयन दर्ता क्रममा ६ जनाको एकल उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् । दलित वा अल्पसंख्यक तर्फ बिरबहादुर पौडेल, मिठु विक निर्विरोध हुनुभएको निर्वाचन अधिकृत कार्यलयले जनाएको छ । महिला कार्यपालिका सदस्यमा देवकुमारी पुन, गेममाया... पुरा पढ्नुहोस

जहाज दुर्घटनामा २१ जनाको शव भेटियो, १० जनाको शव काठमाडौँ लगियो

म्याग्दी १६ जेठ । मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये २१ जनाको शब फेला परेकोमा १० जनाको शव अहिले काठमाडौँ पु¥याइएको छ । २२ जना सवार दुर्घटनामा परेको उक्त विमानमा २१ जनाको शव भेटिएको र त्यसमध्ये पहिलो चरणमा १० जनाको शव आज साँझ... पुरा पढ्नुहोस

ज्ञानोदय माविमा ल्यापटप हस्तान्तर तथा पुरस्कार वितरण र जनप्रतिनिधिलाई स्वागत

म्याग्दी १६ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा विविध कार्यक्रम गरि विद्यालयलाई प्राप्त सहयोग सामाग्री हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । उक्त अवसरमा हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट वडा र गाउँपालिकाको नेतृत्वमा निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई ज्ञापन समेत गरिएको थियो ।... पुरा पढ्नुहोस

बेनीमा जेसीजको आयोजनामा निःशुल्क दन्त परिक्षण शिविर सम्पन्न (तस्विर)

बेनी, १६ जेठ । म्याग्दी जेसीजको २४ औँ स्थापना दिवसको अवसरमा सोमबार म्याग्दी सदरमुकाम बेनीमा निशुल्क दन्त परिक्षण शिविर सम्पन्न भएको छ । स्थापना दिवसको अवसरमा सञ्चालन गरिएको जेसीज सप्ताह अन्तरगत सोमबार बेनीमा आयोजित दन्त शिविरमा १२० जनाले सेवा लिएको जेसीज सप्ताहका मुल संयोजक हरि भण्डारीले जानकारी दिनुभयो । बेनी... पुरा पढ्नुहोस

छन्त्याल परिवार अष्ट्रेलियाको अध्यक्षमा बुद्धिमान

अष्टेलिया १६ जेठ । छन्त्याल परिवार अष्टेलिया (सीपीए)को अध्यक्षमा बुद्धिमान घरब्जा छन्त्याल निर्वाचित भएका छन् । आइतबार एक कार्यक्रमका बीच बुद्धिमान सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । परिवारको उपाध्यक्षमा धन छन्त्याल र सँगीता छन्त्याल, सचिबमा कृष्ण छन्त्याल, सहसचिबमा विशाल छन्त्याल, कोषाध्यक्षमा किरण छन्त्याल र सहकोषाध्यक्षमा विकास छन्त्याल चुनिएका छन्... पुरा पढ्नुहोस