म्याग्दी समाचार

म्याग्दीका १७ वडामा मतगणना सम्पन्न हुदाँ नेकपा एमालेको अग्रता

म्याग्दीका ६ वटा स्थानीय तहका ४५ वडाहरुमध्ये १७ वटा वडाको मतगणना सम्पन्न भएको छ ।आइतबार बिहानसम्म सार्वजनिक भएको वडाहरुको मतपरिणाम अनुसार ९ वटा वडामा नेकपा एमालेले जित हाँसिल गरेर पहिलो बनेको छ भने नेपाली कांग्रेसले ५ र नेकपा माओवादी केन्द्रले २ वटा वडामा विजय प्राप्त गरेका छन् । पश्चिम म्याग्दीको... पुरा पढ्नुहोस

मंगला– २ बाबियाचौरमा एमालेको प्यानल विजयी

बेनी, १ जेठ । म्याग्दीको मंगल गाउँपालिका वडानम्बर २ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । एमालेबाट वडाअध्यक्षमा धनबहादुर खाती क्षेत्री विजयी हुनुभएको हो । खातीले ९०० मत लिएर दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित हुदाँ उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका श्रीराम पौडेलले ८४३, नेकपा माओवादी केन्द्रका कुलबहादुर पुनले १९८... पुरा पढ्नुहोस

मालिका– ४ र ५ वडामा कांग्रेसको प्यानल विजयी

म्याग्दी, १ जेठ । म्याग्दीको मालिका गाउँपलिका वडानम्वर ४ र ५ को कांग्रेसको प्यानल विजयी भएको छ । मालिकाको वडानम्वर ४ को वडाअध्यक्ष्मा भेजेन्द्रमान पुन विजयी भएका छन् भने ५ मा कांग्रेसका भिम पुन विजयी हुनुभएको छ । मालिकाको वडानम्वर १ मा कांग्रेसका टंकप्रसाद पुनको प्यानल, वडानम्वर २ मा एमालेको... पुरा पढ्नुहोस

बेनी –१ मा एमालेको प्यानल विजयी : नगर प्रमुखमा एमालेको अग्रता

म्याग्दी, १ जेठ । बेनी नगरपालका वडा नम्वर १ रत्नेचौरमा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा टेक बहादुर थापाले ५३२ मत प्राप्त गरि विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका कमल थापा मगरले ४६० र नेकपा माओवादीका नर बहादुर थापाले ४७९ मत प्राप्त गर्नुभएको छ ।... पुरा पढ्नुहोस

रघुगंगा– २ भगवतीमा नेकपा एमालेको प्यानल विजयी

म्याग्दी, ३१ बैशाख । रघुगंगा गाउँपालिका– २ भगवतीमा नेकपा एमालेको प्यानल विजयी भएको छ। एमालेबाट भगवतीको वडा अध्यक्षमा निर्वाचित अमित भण्डारीले ७७३ मत लिएर विजयी हुनुभएको छ । उहाँको प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नरबहादुर भण्डारीले ५८९ मत र कांग्रेसका लोकबहादुर भण्डारीले ३८३ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले... पुरा पढ्नुहोस

मालिका–३ मा माओवादी केन्द्रको प्यानल विजयी

दरबाङ, ३१ बैशाख । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा माओवादीका उम्मेद्वार मोतिप्रसाद बुढा विजयी भएका छन् । शनिबार सम्पन्न वडा नम्बर ३ को मत परिणाम अनुसार वडा अध्यक्षमा बुढाले ३४५ मत प्राप्त गरेका छन् । प्रतिद्धन्दी कांग्रेसका श्यामबहादुर बुढाथोकीले ३२५ ,एमालेका मनबहादुर बुढाथोकीले २४१ र मंगोलका... पुरा पढ्नुहोस

मंगला– १ कुहुँमा नेकपा एमालेको प्यानल विजयी

म्याग्दीको मंगला गाउँपालिका– १ कुहुँको वडा अध्यक्षमा नेकपा एमालेका एकजित रोकासहित प्यानल विजयी भएको छ । एमालेका वडा कमिटीका अध्यक्ष रहनुभएका रोकासहित एमालेको प्यानल विजयी भएको हो । वडासदस्यमा ओमकार शेरपुञ्जा, नरबहादुर खत्री, संगिता किसान, दिलकुमारी खत्री विजयी हुनुभएको छ । पुरा पढ्नुहोस

मालिका गाउँपालिका –२ रुमको वडा अध्यक्षमा एमालेका उदय कुमार बुढाथोकी विजयी

बेनी, ३१ बैशाख । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्ष पदमा एमालेका उम्मेद्वार उदयकुमार बुढाथोकी विजयी भएका छन् । वडाअध्यक्षमा उनले ७५१ मत लिएर जिवयी भएका सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिए । रुममा वडासदस्यमा एमालेको प्यानल नै विजयी भएका छन् । प्रतिद्धन्दी कांग्रेसका ताराबहादुर रोका... पुरा पढ्नुहोस

अन्नपूर्णको दोवामा एमालेका दिलिप गर्वुजा विजयी

बेनी, ३१ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडानम्वर १ दोवाको वडा अध्यक्षमा नेकपा एमालेका दिलिपकुमार गर्बुजाको प्यानल विजयी भएको छ । निर्वाचन अधिकृत कार्यालय पोखरेबगरमा भएको मतगणना अनुसार वडाअध्यक्ष पदमा ३३२ मत लिएर दोस्रो कार्यकालका लागि गर्वुजा विजयी भएका हुन् । वडाअध्यक्ष पदका प्रतिस्पर्धी कांग्रेसका भविन्द्र गर्वुजाले २२० मत खसेको... पुरा पढ्नुहोस

रघुगंगामा कांग्रेसको अग्रता : वडाअध्यक्षमा कांग्रेसको विलबहादुर फगामी विजयी

म्याग्दी, ३१ बैशाख । रघुगंगा गाउँपालिका– १ बेगको वडाअध्यक्षमा कांग्रेसका विलबहादुर फगामी विजयी हुनुभएको छ । गाउँपालिकाको केन्द्र मौवाफाटमा रहेको निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडानम्वर १ बेगको वडाअध्यक्षमा ४३२ मत लिएर विलबहादुर फगामी विजयी हुनभएको हो । बेगमा कांग्रेसको प्यानल विजयी भएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले जानकारी दिनुभएको छ... पुरा पढ्नुहोस