रघुगंगा– २ भगवतीमा नेकपा एमालेको प्यानल विजयी
- ३१ बैशाख २०७९, शनिबार
- 737 पटक पढिएको
म्याग्दी, ३१ बैशाख । रघुगंगा गाउँपालिका– २ भगवतीमा नेकपा एमालेको प्यानल विजयी भएको छ। एमालेबाट भगवतीको वडा अध्यक्षमा निर्वाचित अमित भण्डारीले ७७३ मत लिएर विजयी हुनुभएको छ । उहाँको प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नरबहादुर भण्डारीले ५८९ मत र कांग्रेसका लोकबहादुर भण्डारीले ३८३ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले जानकारी दिनुभएको छ।
एमालेबाट वडासदस्यहरुमा कृष्णबहादुर केसीले ७२७, नरबहादुर भण्डारीले ६४४, महिला सदस्य उमादेवी केसीले ७१३ र दलित महिला सदस्य रसिला परियारले ७२८ मत लिएर विजयी हुनुभएको छ ।
भगवतीबाट गाउँपालिका अध्यक्ष पदका भवबहादुर भण्डारीलाई ७८५ मत, दिपक कार्कीले ५८१ मत र मिना विकलाई ३४१ मत र स्वतन्त्र उम्मेदवार सागर भण्डारीलाई १३९ मत प्राप्त गरेका छन। त्यस्तै उपाध्यक्ष पदमा प्रेमकुमारी पुनले ३५६, यामकुमारी गर्वुजाले ५३९, रिमबहादुर कटुवालले ८७४ र स्वतन्त्र उम्मेदवार अनुरोध रिजालले ३९ मत प्राप्त गर्नुभएको छ।