रघुगंगामा कांग्रेसको अग्रता : वडाअध्यक्षमा कांग्रेसको विलबहादुर फगामी विजयी

  • ३१ बैशाख २०७९, शनिबार
  • 969 पटक पढिएको

म्याग्दी, ३१ बैशाख । रघुगंगा गाउँपालिका– १ बेगको वडाअध्यक्षमा कांग्रेसका विलबहादुर फगामी विजयी हुनुभएको छ । गाउँपालिकाको केन्द्र मौवाफाटमा रहेको निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडानम्वर १ बेगको वडाअध्यक्षमा ४३२ मत लिएर विलबहादुर फगामी विजयी हुनभएको हो । बेगमा कांग्रेसको प्यानल विजयी भएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले जानकारी दिनुभएको छ ।


वडाअध्यक्षमा प्रतिस्पधी नेकपा एमालेका उम्मेदवार धनबहादुर गर्वुजाले ३५४ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै महिला वडासदस्यमा ४२७ मतसहित सेमिता पुन, दलित महिला सदस्यमा ४२८ मतसहित सुनिता विक, खुल्ला सदस्यमा ४१५ मत सहित बलमान गौचन र ४०५ मतसहित भक्तबहादुर पुन विजयी हुनुभएको सहायक निर्वाचन अधिकृत सुवेदीले जानकारी दिनुभएको छ ।


गाउँपालिका अध्यक्ष पदमा कांगे्रसका भवबहादुर भण्डारीले ४३४ मत र एमालेका प्रेमबहादुर कार्कीले ३४२ मत प्राप्त गर्नुभएको छ । भने, उपाध्यक्ष पदमा प्रेमकुमारी पुनले ४३७ र यामकुमारी गर्वुजाले ३५४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । वडानम्वर २ को मतगणना सुरु भएको छ ।