अन्नपूर्णको दोवामा एमालेका दिलिप गर्वुजा विजयी
- ३१ बैशाख २०७९, शनिबार
- 1376 पटक पढिएको
बेनी, ३१ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडानम्वर १ दोवाको वडा अध्यक्षमा नेकपा एमालेका दिलिपकुमार गर्बुजाको प्यानल विजयी भएको छ । निर्वाचन अधिकृत कार्यालय पोखरेबगरमा भएको मतगणना अनुसार वडाअध्यक्ष पदमा ३३२ मत लिएर दोस्रो कार्यकालका लागि गर्वुजा विजयी भएका हुन् ।
वडाअध्यक्ष पदका प्रतिस्पर्धी कांग्रेसका भविन्द्र गर्वुजाले २२० मत खसेको थियो । वडा सदस्यमा एमालेका गोविन चोचाङ्गे, विर्खबहादुर गर्बुजा, जुनुकुमारी गर्बुजा र शोभा विक निर्वाचित हुनुभएको निर्वाचन अधिकृत जानुका सुवेदीले जानकारी दिनुभएको छ । दोवामा रहेको ९९९ मतदाता मध्ये ५९९ जनाको मत खसेको थियो ।
गाउँपालिका अध्यक्षमा एमालेका भरतकुमार पुनलाई ३४१ र कांग्रेसका बलबहादुर फगामीलाई २२१ मत खसेको छ । उपाध्यक्षमा एमालेकी दिवाकुमारी पुनलाई ३४० मत र कांग्रेसकी ललिता तिलिजा पुनलाई २२५ खसेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।