मालिका गाउँपालिका –२ रुमको वडा अध्यक्षमा एमालेका उदय कुमार बुढाथोकी विजयी

  • ३१ बैशाख २०७९, शनिबार
  • 1077 पटक पढिएको

बेनी, ३१ बैशाख । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्ष पदमा एमालेका उम्मेद्वार उदयकुमार बुढाथोकी विजयी भएका छन् । वडाअध्यक्षमा उनले ७५१ मत लिएर जिवयी भएका सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिए । रुममा वडासदस्यमा एमालेको प्यानल नै विजयी भएका छन् ।


प्रतिद्धन्दी कांग्रेसका ताराबहादुर रोका मगरले ६१५ ,माओवादीका हर्कलाल दर्जीले २०७ र मंगोल नेशनलका प्रेमकुमार रोकाले २० मत प्राप्त गरेका छन् । यस्तै गाउँपालिका अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजाले ७०७, कांग्रेसका श्रीप्रसाद रोका मगरले ५९७ ,माओवादीका रेशमबहादुर जुग्जालीले २६४ र मंगोलका खमबहादुर रोकाले २१ मत पाएका छन् ।