मंगला– २ बाबियाचौरमा एमालेको प्यानल विजयी

  • १ जेष्ठ २०७९, आईतवार
  • 695 पटक पढिएको

बेनी, १ जेठ । म्याग्दीको मंगल गाउँपालिका वडानम्बर २ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । एमालेबाट वडाअध्यक्षमा धनबहादुर खाती क्षेत्री विजयी हुनुभएको हो ।

खातीले ९०० मत लिएर दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित हुदाँ उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका श्रीराम पौडेलले ८४३, नेकपा माओवादी केन्द्रका कुलबहादुर पुनले १९८ प्राप्त गर्नुभएको छ ।

वडा सदस्यमा सरस्वती भट्टराई, धनकुमारी विक, जगबहादुर पुर्जा र तिलकुमारी खत्री विजयी हुनुभएको छ । मंगलाको वडानम्वर १ र २ वडाको मतगणना सकिदाँ गाउँपालिका अध्यक्षमा एमालेका सतप्रसाद रोकाले २ हजार ७८ मत, कांग्रेसका विरेन्द्र बुढाथोकीले १ हजार ४०० मत, नेकपा माओवादी केन्द्रका टेकबहादुर बिकले ३४५ मत प्राप्त गर्नुभएको छ ।