मुलुक

म्याग्दीमा एम्बुलेन्सको अवस्था : विरामी बोक्ने एम्बुलेन्स नै थन्किए

  म्याग्दी, ८ असोज । विरामीलाई उपचारका लागि अस्पताल लैजाने भरपर्दो साधन एम्बुलेन्सको उपयुक्त व्यवस्थापन र सञ्चालनको अभाबमा एम्बुलेन्सहरु नै थलिएर थन्काउनुपर्ने अवस्था आएको छ । म्याग्दी सदरमुकाम बेनी स्थित बेनी अस्पताल परिसरमा दुई वटा एम्बुलेन्स अहिले मर्मत सम्भारको अभाबले जिर्ण बनेर थन्किएका छन् । एकातर्फ एम्बुलेन्स नै आफै थलिएर... पुरा पढ्नुहोस

फुट्दा धोका भयाे, अब बाबुरामजी र म मिलेर समाजवादमा पुर्याउँछौं : प्रचण्ड

काठमाडौं, ८ असोज ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  माओवादी विभाजीत हुँदा नेपाल र नेपाली जनतालाई धोका भएको र अब समाजवादका लागि एउटा नयाँ खालको जनयुद्धको आवश्यकता भएको बताउनुभएको छ ।  काठमाडौंमा आज आयोजित एक शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले बाबुराम र आफू... पुरा पढ्नुहोस

कृषिमा विद्यार्थीको आकर्षण बढ्दो

कुश्मा, ८ असोज । पर्वतको फलेवास नगरपालिका–४ स्थित मुडिकुवाको एक विद्यालयमा प्राविधिक धारअन्तर्गत बालीविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीको आकर्षण बढेको छ । माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यावसायिक माध्यमिक विद्यालयमा व्यावसायिक कृषितर्फउन्मुख क्षेत्रमा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थीको यस विषयमा रुची देखिएको छ । विद्यालयले कक्षा ९ देखि १२... पुरा पढ्नुहोस

ग्रामीण सडक : बर्खामा बन्द, हिउँदमा खुला

बागलुङ, ८ असोज। गाउँगाउँमा सडक पुगेको छ । हिउँद महिना गज्जबले धुलो उडाउँदै गाडीहरू गुड्छन् तर जब बर्खा लाग्छ, तब बन्द हुन्छन् बागलुङका ग्रामीण सडक । असार तेस्रो सातादेखि बन्द भएका यहाँका अधिकांश ग्रामीण सडक अहिले पनि सञ्चालनमा आउन सकेका छैनन् । बर्खाले क्षतविक्षत बनेका सडक दसैँ आउन थाल्दा पनि... पुरा पढ्नुहोस

मार्फाकी खुस्वु भईन् मिस मुस्ताङ

जोमसोम ८ असोज । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाकी खुस्वु ज्वाहारचन मिस मुस्ताङ बनेकी छिन् । थाक खेलकुद तथा सास्कृतिक विकास संघले आयोजना गरेको मिस मुस्ताङ २०७९ अन्तर्गत भएको मिस मुस्ताङ प्रतियोगिताको अन्तिम ग्राण्ड फेनालीमा उनलाई मिस मुस्ताङ घोषित गरिएको हो । मिस मुस्ताङ २०७९ की ज्वाहारचन मिलिजुली क्लव मार्फाबाट मुस्ताङ... पुरा पढ्नुहोस

सदरमुकाम र सहरमै छैन खानेपानी

बलेवा, ७ असोज । जिल्लाको कुश्मीशेरा बजारमा शुद्ध खानेपानी ल्याउन आयोजना सुरु भएको १२ वर्ष भयो । विसं २०६७ मा सुरु भएको बृहत् कुश्मीशेरा–रायडाँडा खानेपानी आयोजना अहिले पनि चलिरहेकै छ, तर पानी आएको छैन । साविकको कुश्मीशेरा गाविसभरिका सर्वसाधारणलाई पानी पु¥याउने गरी आयोजना सुरु भएको हो । सङ्घीयताको कार्यान्वयनसँगै जैमिनी... पुरा पढ्नुहोस

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी घनिभूत

काठमाडौँ, ७ असोज : मुलुकको पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्ररूपमा अघि बढेको छ । प्रतियोगितालाई भव्यरूपमा सम्पन्न गर्न मूल आयोजक राष्ट्रिय खेलकुद परिषद्, सातै प्रदेशका खेलकुद मन्त्रालय र मातहतका निकायको सक्रियाता बढाइएको युवा तथा खेलकुद मन्त्रालयका... पुरा पढ्नुहोस

कहलिएको पाङको ज्योतिष विद्या पुस्तान्तरणमा समस्या

कुश्मा, ५ असोज । “मेरो छोरीको अष्ट्रेलियाको भिसा लाग्न के गर्ला गुरु रु”, पोखराबाट छोरीसहित आउनुभएकी शर्मिला गुरुङले छेउमै रहेकी छोरीतर्फ हेर्दै थप सोध्नुभयो, “विवाह कुन उमेरमा गर्दा राम्रो होला, भनिदिनु है गुरु ।” पाङको ज्योतिष विद्यालाई लिएर एउटा भनाइ प्रचलित छ, “न्याय हराए गोर्खा जानु, ज्योतिष विद्याका लागि पाङ... पुरा पढ्नुहोस

भीमफेदीमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु

मकवानपुर ६ असोज । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा आज दिउँसो सवारी दुर्घटना हुँदा त्यसमा परेर सात जनाको मृत्यु भएको छ ।काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा३ख ७८५८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा श्रेष्ठले जानकारी दिनुभयो । उहाँका... पुरा पढ्नुहोस

रुकुमपूर्वमा गाडी दुर्घटना, पाँचको मृत्यु, १३ घाइते

रुकुम,६ असोज । रुकुमपूर्वको भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौँबाट रुकुमकोट आउँदै गरेको ग१ख ९१०९ नम्बरको बस आज दुर्घटना हुँदा घटनास्थलमा पाँचको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो । मृतकको सनाखत हुन बाँकी रहेको बताउँदै... पुरा पढ्नुहोस