मार्फाकी खुस्वु भईन् मिस मुस्ताङ

  • ८ आश्विन २०७९, शनिबार
  • 899 पटक पढिएको

जोमसोम ८ असोज । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाकी खुस्वु ज्वाहारचन मिस मुस्ताङ बनेकी छिन् । थाक खेलकुद तथा सास्कृतिक विकास संघले आयोजना गरेको मिस मुस्ताङ २०७९ अन्तर्गत भएको मिस मुस्ताङ प्रतियोगिताको अन्तिम ग्राण्ड फेनालीमा उनलाई मिस मुस्ताङ घोषित गरिएको हो ।
मिस मुस्ताङ २०७९ की ज्वाहारचन मिलिजुली क्लव मार्फाबाट मुस्ताङ सुन्दरी प्रतियोगितामा भाग लिएकी थिईन् । उनले पहिलो राउण्ड क्रस गर्दै अन्तिम पाँचमा परेकी थिईन् ।

उनलाई यसअघिकी मिस मुस्ताङ मेलिना थकालीले मिस मुस्ताङ २०७९ कोत ताज पहिराई दिएर बधाई दिएकी थिईन् ।थाक खेलकुद तथा सांस्कृतिक विकास संघका अध्यक्ष चन्द्रमोहन गौचन र निर्णायक कञ्चन भुजेलले बधाई दिएका थिए । यस्तै, मिस मुस्ताङ प्रतियोगिताको फस्ट रनरअफमा जनहित क्लव जोमसोमकी सपना राई र सेकेन्ड रनरअफमा सिक्ससोल्टिज क्लव घाँसाकी निशा मगर घोषित भए ।सेकेन्ड रनरअफ मगरले यसवर्षको मिस ट्यालेन्टको उपाधि समेत जितेकी छिन् ।