फिचर

अपाङ्ग संघ म्याग्दीको अध्यक्षमा गोरी दर्जी

  बेनी, २७ चैत । अपाङ्ग संघ म्याग्दीको अध्यक्षमा गोरी दर्जी सम्र्वसम्मत हुनुभएको छ। जिल्ला समन्वय समितिको सभाहलमा सोमबार भएको संघको १८ औँ साधारण सभा एवम् ११ औँ अधिवेशनबाट दर्जीको नेतृत्वमा ११ सदस्यीय समिति सर्वसम्मत गठन गरिएको हो ।संघको बरिष्ठ उपाध्यक्षमा गणेश सुवेदी, उपाध्यक्षमा जमुना पौडेल, सचिवमा सुरेन्द्र खत्री, सह–सचिवमा... पुरा पढ्नुहोस

म्याग्दीका सामुदायिक विद्यालयमा एकद्धार मार्फत पाठ्यपुस्तक वितरण गरिने

बेनी, २६ चैत : हिमाली जिल्ला म्याग्दीका सामुदायिक विद्यालयहरुमा एकद्धार मार्फत पाठ्यपुस्तक वितरण गरिने भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ म्याग्दीले सदरमुकाम बेनीमा सरकारी पाठ्यपुस्तक विक्रि केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयहरुलाई पाठ्यपुस्तक विक्रि वितरण गर्न थालेको हो । महासंघमा आबद्ध २८ जना व्यवसायिहरुले सामुहिक रुपमा लगानी गरी... पुरा पढ्नुहोस

ताकम गाउँबाट देखिएको गुर्जा र चुरेन हिमाल

  बेनी २४ चैत । चक्रिय धौलागिरि पदमार्गअन्तर्गत पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा अवस्थित ताकम गाउँ र त्यहाँबाट पृष्ठभूमिमा देखिएको गुर्जा र चुरेन हिमालको मनोरम दृश्य । तस्विर :धीरन खत्री । पुरा पढ्नुहोस

केरा बेचेर वार्षिक डेढ करोडभन्दा बढी आम्दानी

  म्याग्दी, १९ चैत । पूर्वतर्फ फर्किएको चिटिक्कको गाउँ केराका घारीले छेकेर देखिदैनन् घर । करेसाबारीदेखि खेतबारीका गह्रा र पाखो जमिन तथा सडकका छेउछाउमा केरैकेराको गाउँको रूपमा पहिचान बनाएको म्याग्दीको बेनी नगरपालिका–२ खबराको दृश्य हो यो । सदरमुकाम नजिकै पर्ने खबरा र बगरफाँटमा गाउँभरी विस्तार गरिएको केराखेतीबाट यहाँका किसानले मनग्गे... पुरा पढ्नुहोस

मौलिकता जोगाउदै युवा

  म्याग्दी, ११ चैत । स्थानीय स्रोतसाधनलाई प्रयोग गरेर मौलिक हस्तकला र काष्ठकला सिप मार्फत निर्माण गरिएको सामग्री प्रयोग घट्दै गएको छ । आगन्तुक सामाग्रीको प्रयोग घटाउदै स्थानीय उत्पादनको प्रयोग बढाउने नीति भएपनि ब्यवहारमा जनप्रतिनिधि र कर्मचारीमा देखिदैन् । स्थानीय स्रोतसाधनको प्रयोग र पुराना कलाको संरक्षण कार्यमा म्याग्दीका तीन युवा... पुरा पढ्नुहोस

बृहत् खानेपानी आयोजना कार्यान्वयनमा ढिलाइ

  म्याग्दी, १० चैत । ‘एक घर एक धारा’ अभियानलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको छ । धेरैको घरमा खानेपानी धारा बनेका छन् तर, निर्माण भएका धारामा नियमित रूपमा स्वच्छ पिउने पानी कहिले आउने थाहा छैन । रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट, पिप्ले भगवतीमा खानेपानीको चरम अभाव छ । संघ, प्रदेश... पुरा पढ्नुहोस

पर्यटकीय गन्तव्य बन्दै रत्नेचौर

  म्याग्दी, ८ चैत । बेनी नगरपालिका–१ रत्नेचौर पर्यटनको गन्तव्य बन्दै गएको छ । चारैतिर हरियाली पहाड, उत्तरतर्फ मनमोहक धवलागिरि र नीलगिरि हिमाल, बीचमा समथर फाँट, बुढो पोखरी, लामो झोलुंगे पुल, कालोपत्रे सडक र ग्रामीण बस्तीले चिटिक्क बनेको रत्नेचौर । पछिल्लो समय पर्यटकको गन्तव्य रूपमा विकसित हुँदै आएको छ ।... पुरा पढ्नुहोस

बेनीमा नृत्य प्रतियोगिता : शिक्षकमा बेनी सामुदायिक र विद्यार्थीमा प्रकाश मावि प्रथम

बेनी २० फागुन । शिक्षा विकास तथा समन्वय इकाई मयाग्दीको आयोजनामा शनिबार बेनीमा जिल्ला स्तरीय शिक्षक र विद्यार्थीको नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा शिक्षक तर्फ बेनी सामुदायिक माविका शिक्षकहरु प्रथम भएका छन् । त्यसैगरि शिख माविका शिक्षक हेमा पुर्जा द्धितिय र पाउद्धार माविका शिक्षक सरिस्मा तिलिजा तृतीय हुन... पुरा पढ्नुहोस

बेनीमा ९५ वटा कुकुरको बन्ध्याकरण

म्याग्दी, १७ फागुन । बेनीमा शिविरमार्फत ९५ वटा कुकुरको बन्ध्याकरण गरिएको छ। बेनी बजारमा छाडा छोडिएका सामुदायिक कुकुरको सन्तान बृद्धि रोक्न बुधबार भेटेरिनरी अस्पतालमा संचालन गरिएको शिविरमार्फत सो संख्यामा बन्ध्याकरण गरिएको हो । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र बेनी नगरपालिकाको आयोजनामा संचालन गरिएको शिविरमा प्राविधिक सहयोग केन्द्रिय रिफरल... पुरा पढ्नुहोस

बाबियाचौर बजार अनुगमन

  बाबियाचौर, १६ फागुन । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारका पसलहरु अनुगमन गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले मंगलबार बजारका पसलहरु अनुगमन गरेको हो । बाबियाचौर बजार क्षेत्रका तीन वटा बेकरी उद्योग ,२४ वटा खाद्य तथा दाना पसल र ६ वटा होटेल तथा रेष्टुरेण्ट अनुगमन... पुरा पढ्नुहोस