मौलिकता जोगाउदै युवा

  • ११ चैत्र २०७९, शनिबार
  • धिरन खत्री
  • 863 पटक पढिएको

 

म्याग्दी, ११ चैत । स्थानीय स्रोतसाधनलाई प्रयोग गरेर मौलिक हस्तकला र काष्ठकला सिप मार्फत निर्माण गरिएको सामग्री प्रयोग घट्दै गएको छ । आगन्तुक सामाग्रीको प्रयोग घटाउदै स्थानीय उत्पादनको प्रयोग बढाउने नीति भएपनि ब्यवहारमा जनप्रतिनिधि र कर्मचारीमा देखिदैन् ।
स्थानीय स्रोतसाधनको प्रयोग र पुराना कलाको संरक्षण कार्यमा म्याग्दीका तीन युवा लागेका छन् । बेनी नगरपालिका– ६ जामुनाखर्कका ३६ बर्षिय अशोक शाहीले नेतृत्वमा मौलिकतालाई जोगाउदै हस्तकला र काष्ठकलासम्वन्धी सिपलाई संरक्षण र आयआर्जनको रुपमा सिपलाई अघि बढाएका छन् ।


शाहीले विगत ६ बर्षदेखि ‘राउटे हस्तकला उद्योग’ संचालन गरेर स्थानीय स्रोतको साधनको प्रयोगमार्फत हस्तकला र काष्ठकलासम्वधी सामाग्रही उत्पादन गरिरहेका छन् । शाहीको नेतृत्वमा संचालित फर्ममा बेनी नगरपालिका– ८ ३८ बर्षिय अमर विश्वकर्माले काष्ठकलामार्फत मौलिक बुट्टाको सिपबाट आकर्षक घरायसी फर्नीचर बनाउदै आएका छन् । सिप सिक्दै र रोजगारीको रुपमा रघुगंगा गाउँपालिका– ७ चिमखोलाका रुपेश परियारले तीन बर्षदेखि उद्योगमा काम गरिरहेका छन् ।


शाही र विश्वकर्माले मन्दिर, मुर्ति, पुराना घरको डिजाईन, काष्ठकला मार्फत भरिएको घरको ढोका, थाम, खाट, दराज, कुर्ची लगायतका आकर्षक सामाग्री उत्पादन गर्छन् । काठसंगै बासबाट बन्ने विभिन्न मुडा लगायतको सामाग्री उत्पादन गर्छन भने बासबाट सिन्का बनाउने ‘सिप विकास सम्वन्धी’ तालिम पनि सिकाउदै आएका छन् ।


उद्योगबाट माग बमोजिमका घर, मन्दिरका फर्निचरका सामान तथा सजावटका हस्तकलाका सामानहरु बनाउदै आएको शाहीले बताउनुभयो । शाहीले मन्दिर तथा एतिहासिक घरहरुको दुरुस्त आकृती भएका सामानहरु उत्पादन गर्नका लागि उद्योग संचालनमा १० लाख रुपैया बढी मेशिनहरुमा लगानी गर्नु सक्नुभएको छ।


‘एकपटक देखेका जुनसकुै सामानहरु तयार गर्न सक्छु’, शाहीले भन्नुभयो । ‘कतिपय सामानहरु सिर्जनात्मक रुपमा निर्माण गर्छौ ।’ उहाँले आफ्नै पुरानो घरलाई कलात्मक बनाएपछि घरसम्वन्धी सामाग्रीहरु निर्माणका लागि माग आउन थालेको बताउनुभयो । उहाँले उत्पादन गरेका बस्तुहरुको बजारीकरणको अभाव छ ।

    

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l