मोना युईएद्धारा इन्जिनियर नन्द गर्बुजा लाई स्वागत

  • ३१ भाद्र २०७४, शनिबार
  • 2257 पटक पढिएको

रोजगारिको को सिलसिलामा युईमा पुगेका म्याग्देलीहरुको साझा संस्था मोना युईए ले आफ्नो दोर्सो कार्यकालको दोर्सो मासिक बैठकमा मोना कतारका सल्लाहकार, एन आर एन कतारका पूर्व महासचिब एबम सामाजिक ब्यक्तित्व   इन्जिनियर नन्द गर्बुजालाई स्वागत गरेको छ ।

रोजगारिको शिलसिलामा कतार देखी युएई आउनुभएका गर्बुजालाई मोना युएई मा स्वागत गर्न पाउदा खुशी लागेको र उहाको यो आगमनले मोना युएई  झन परीपक्क हुने विश्वाश लिएको भन्दै कार्यक्रमका सभापतित्व गर्नु भएका अध्यक्ष प्रकाश कार्की ले गर्बुजालाई स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा इन्जिनियर नन्द गर्बुजा ले आफ्नो पेसागत विवरण र बिगतमा मोना कतार लगायत बिभिन्न सामाजिक संघसस्थाहरु मा काम गरेको अनुभब बताउनु भएको थियो साथै मोना युएई लाई अगाडि बढाउनको लागि आफु हरतरिकाले सहयोग गर्ने जानकारी पनि दिनुभएको थियो ।

कार्यक्रममा मोना युएई का प्रमुख सल्लाहकार प्रदिप सुबेदी ले मोना युएई ले एउटा अभिभाबक पाएको मा खुशी लागेको बताउनु भएको थियो । कार्यक्रममा बरिस्ठ उपअध्यक्ष एबम खेलकुद अध्यक्ष रुद्र बहादुर रोका, प्रथम उपाध्यक्ष टेक फगामी, द्रितिय उपाध्यक्ष रन्जित बानिया साथै उल्लेखनिय म्याग्देलिहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सन्चालन महासचिब बिक्रम अधिकारी, स्वागत सचिब सुबाश राम्जाली र सभापतित्व अध्यक्ष प्रकाश कार्की ले गर्नु भएको थियो ।