मोना जापानको सल्लाहकार चयन एबम सम्मान कार्यक्रम सम्पन्न

  • ३ मंसिर २०८०, आईतवार
  • 285 पटक पढिएको

 म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) जापान कार्यकारी समितीले सल्लाहकार समिती चयन गरेँको छ । मोनाका आईसीसी अध्यक्ष ददिवल खड्कासँगै मोनाका पूर्व अध्यक्ष महेन्द्र खड्का, दीपक कार्की, निवर्तमान अध्यक्ष सचिन श्रेष्ठ , तिलक मल्ल्, प्रेम पुन्, पिर्तम पुन्, निरज पुन्, सुन्दरमान श्रेष्ठ , लेनिन भट्टचन र जोन छन्त्याललाइ सल्लाहकार चयन गरिएको मोना जापानका प्रवक्ता कमल बानियाँले जानकारी दिनु भयो ।

त्यस्तै मोना जापानका सल्लाहकार हालै सम्पन्न मोना आईसिसीको महाधिबेशन बाट अध्यक्षमा चयन हुनुभएका ददिवल खड्कालाई सस्थाका अध्यक्ष विशाल केसीले खादा ओढाएर सम्मान गर्नु भएको थियाे । त्यसै गरी सस्थाको आपतकालीन कोष निर्माण गर्ने उद्देश्यले २०२४ को अप्रिलमा म्याग्दी फेश्टिबल गर्ने तयारीका लागी सस्थाका कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको सम्योजकत्वमा एक समिती गठन गरिएको छ । साथै जापानमा रहेका म्याग्देलीको तथ्यांक निकाल्ने उद्देश्यका साथ बिभिन्न पालिकाका सम्योजक तोकेर सदस्यता वितरण कार्य अगाडि बढाएको संस्थाका अध्यक्ष केसीले बताउनु भयो । उक्त कार्यकालको संचालन महासचिब सागर कार्कीले गर्नु भएको थियो ।