राखु समाज युकेको अध्यक्षमा सोभिता शाही चयन

  • २६ चैत्र २०८०, सोमबार
  • 295 पटक पढिएको

युकेमा रहेका राखुबासीहरुको साझा संस्था राखु समाज युकेको नयाँ नेतृत्व चयन भएको छ । समाजको १२ औँ साधारणसभा तथा पाँचौ अधिवेशनबाट सोभिता शाहीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा खिम मल्ल (पुष्पा), सचिबमा सुजाता भण्डारी, कोषाध्यक्षमा कपिल मल्ल, सहकोषाध्यक्षमा कुसुम मल्ल, सहसचिबमा अनिल मल्ल र संयोजकमा सङ्गीता शाही रहनुभएको छ ।

रत्न शाही, अर्जुन मल्ल र नन्द मल्लको तीन सदसयीय निर्वाचन मण्डलले सर्वसम्मत रुपमा नयाँ कमिटको घोषणा गर्नुभएको थियो । संस्थाको संरक्षकमा मेजर डम्बर शाही, बरिष्ठ सल्लाहकारमा भगवान मल्ल, सल्लाहकारमा अमर मल्ल र रत्न शाही – गोपाल), पूर्व अध्यक्षमा विष्णु भण्डारी रहनुभएको छ । कार्यक्रममा भ्रमणको सिलसिलामा युकेमा रहनुभएका राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतका पूर्व अध्यक्ष आरसी पौडेलले साँगेतिक प्रस्तुती राख्नुभएको थियो । कार्यक्रममा कलाकार पौडेललाई स्वागत तथा सम्मान गरिएको थियो । कार्यक्रममा राखु समाजका नयाँ सदस्य, स्नातकोत्तर गरेका विद्यार्थी तथा युकेको भ्रमणमा रहनुभएका क्याप्टेन राम मल्ल लगायतलाई सम्मान गरिएको समाजका पूर्व अध्यक्ष विष्णु भण्डारीले जानकारी दिनजुभयो ।