म्याग्दीका प्रकाश पुन हङकङका लागि नेपाली पर्यटन दूतमा नियुक्त

  • २० फाल्गुन २०८०, आईतवार
  • 195 पटक पढिएको

म्याग्दीका प्रकाश पुन हङकङका लागि नेपाली पर्यटन दूतमा नियुक्त हुनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारको मन्त्रीस्तरीय बैठकबाट हङकङमा व्यवसाय गर्दै आउनुभएका पुनलाई पर्यटन दूतमा नियुक्त गरेको हो । प्रवासी म्याग्देलीहरुलाई गोलबद्ध गर्ने अभियानको नेतृत्व गर्नुभएका पुन म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तराष्ट्रियको संस्थापक अध्यक्ष, ब्रिटीस आर्मीबाट अवकास प्राप्त गर्दै हङकङ, कमाउमा द गोर्खाज गुप्रमार्फत निर्माण क्षेत्रमा सक्रिय पुन म्याग्दी विकास मञ्च तथा हङकङ नेपाली ब्यापार संघको अध्यक्ष समेत हुनुहुन्छ । त्यस्तै, नेपाली र नेपाल सरकारलाई सहयोग गरेवापत विदेशमा बस्ने गैर आवासीय नेपाली नागरिकमध्येबाट नेपाल सरकारबाट प्रदान गरिने दुई वटा प्रदकबाट समेत पुन विभूषित भइसक्नु भएको छ ।

सन २००२ मा गैर आवासीय नेपालीमध्येबाट प्रदान गरिएको विरेन्द्र एैश्वर्य सेवा पदक र २००४ मा सुप्रवल गोरखा दक्षिण बाहु तेस्रो बाट विभूषित हुने पहिलो ब्यक्ती समेत हुनुहुन्छ । पर्यटन दुतमा नियुक्त भएपछि पुनले हङकङमा नेपाली पर्यटन प्रर्बधन तथा कला,संस्कृति र प्राकृतिक सौन्दर्यतालाई प्रचारप्रसार र नेपाल भ्रमणको वातावरण बनाउने बताउनुभयो । पर्यटन दूत पुनले आफ्नो कार्यकालमा पर्यटन क्षेत्रको विकासका लागि म्याग्दीका स्थानीय तह सहित सरोकारवाला निकायसँग समेत समन्वय गरी थप योजना बनाउने बताउनुभयो ।