मोना युएइको दशैं तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम

  • २७ कार्तिक २०८०, सोमबार
  • 251 पटक पढिएको

 

म्याग्दी, २७ कात्तिक । रोजगारको शिलसिलामा युएईमा रहेका म्याग्देलीहरुको साँझा संस्था मोना युएई द्वारा आयोजित दशैं तिहार विशेष शुभकामना आदान प्रदान तथा देउँसीभैलो कार्यक्रम सम्पन्न गरेको छ ।

आईतबार मोनामा आवद्ध म्याग्देलीहरुको उपस्थितमा तिहार विशेष शुभकामना आदानप्रदान एवम् देउशीभैला कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा नेपाली मौलिक गीतमा छम्छमी नाचेर म्याग्देली दाजुभाई तथा दिदिबहिनी रमाउनुभएको थियो ।

म्याग्दीमा भईपरी आउने प्रकोपमा राहत ,बिकास निर्माण तथा परोपकारी कार्यमा सहयोग पुर्याउने लक्षसहित युएईमा समस्यामा परेका म्याग्देलीहरुको उद्दार होस भन्ने उद्देस्यका साथ संगठित मोना युएईले दशैँ तिहारको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा देउसीभैलौ कार्यक्रम सम्पन्न गरेको मोना युएइका महासचिव काजीमान बुढाथोकीले बताउनुभयो ।

मोना युएईका संरक्षक प्रकाश कार्की, नेपाल एअर युएईका म्यानेजर अस्मिता सुवेदी पौडेल, र तिहार विशेष कार्यक्रमका संयोजक किरण खत्रीले मन्तव्य राख्नुभएको थियो ।

मोना युएईका अध्यक्ष सुवास राम्जालीले देउँसी भेलो कार्यक्रमलाई विशेष बनाउने संरक्षक प्रकाश कार्कीको परिवार र कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहयोगदाता लगायतलाई धन्यवादसंगै आभार ब्यक्त गर्नुभएको छ । कार्यक्रमका संयोजक खत्रीले प्रदेशमा रहेका म्याग्देलीहरुविचमा भाईचारा सम्वन्धलाई बलियो बनाउदै अघि बढ्न र हाम्रा परम्परागत संस्कृतिको जर्गेना साथसाथै रमाईलो गर्नका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

भैली विशेष कार्यक्रम बनाउन यातायातको सुविधा उपलब्ध गराउने सल्लाकार वेल फगामी, उपाध्यक्ष टेक फगामी, सदस्य विनोद केसी र होम क्षेत्रीलाई मोना युएईले धन्यवाद दिएको छ ।

मोना युएईका अध्यक्ष सुवाश राम्जालीको अध्यक्षता र महासचिव काजीमान बुढाथोकीको संचालनमा भएको कार्यक्रममा युएईको बसाईलाई अन्त्य गर्दै नेपाल आउन लाग्नुभएका सक्रिय सदस्य एवम् कलाकार तुल देवी पुन र भ्रमण रहेका बरिष्ठ उपाध्क्ष किरण खत्रीको परिवारलाई विदाई गरिएको थियो ।