पाल्पाली सेवा समाज दोहा कतारको बिबिध साङ्गीतिक कार्यक्रमको तयारी तिव्र

  • २० जेष्ठ २०७६, सोमबार
  • 2401 पटक पढिएको

तिलु शर्मा पौडेल

दोहा कतार ।  मध्य पुर्वको देश कतारमा रहेको पाल्पालीहरूको साझा संस्था पाल्पाली सेवा समाज दोहा कतारको छैटौँ साधारण सभा, बिबिध साङ्गीतिक तथा सम्मान कार्यक्रमको तयारी तिव्र पारीएको छ । इस्लामिक धर्मालम्बीहरुको महान् पर्व रमदान (इद अल फितर)-२०१९ को अवसरमा समाजले जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगितामा यही जुन ४, ५ र ६ गते आयोजना गर्न लागेको खेल संयोजक हेम बगालेले बताए ।

खेलको समापन पश्च्यात जुन ७ गते डल्ला ड्राईभिङको हलमा विविध साङ्गीतिक तथा सम्मान कार्यक्रमको आयोजना गरीने जानकारी संस्थाले दिएको छ । सॉगितिक कार्यक्रममा नेपालबाट वरिष्ठ लोक दोहोरी गायक तथा चलचित्र निर्देशक नारायण रायमाझी, लोक तथा दोहोरी गायक शिरिष देवकोटा , लोक तथा दोहोरी गायिका मञ्जु पौडेल, लोक तथा दोहोरी गायक विक्रम परियार र नृत्यंगना सपना ढेंगा मगर प्रस्तुतिको लागी कतार आउने भएका छन ।

कार्यक्रममा पाल्पा जिल्लाका एतिहासिक स्थललाई कलात्मक रुपमा उतारीने संस्थाका अध्यक्ष ईश्वर काफ्लेले बताए । कार्यक्रममा पत्रकार तथा पाल्पा समाचारपत्रका सम्पादक यज्ञमूर्ति तिमिल्सिना, न्युज २४ टेलिभिजनका पत्रकार एवम् मोडल कृष्ण पाण्डेको समेत बिशेष सहभागिता रहनेछ । कार्यक्रमलाई रानी महल ट्रेडिङ टेलरिङले मुख्य प्रायोजन गरेको छ ।