मोना अस्ट्रेलियाको न्यू साउथ बेल्स राज्य समिति गठन
- १७ चैत्र २०८१, सोमबार
- 441 पटक पढिएको
अध्ययन र रोजगारको सिलसिलामा अस्ट्रेलियामा रहेको म्याग्देलीहरुको साझा संस्था, म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले न्यू साउथ बेल्स राज्य समिति गठन गरेको छ । मोनाको चार महिनाअघि सम्पन्न अधिवेशनले राज्यस्तरमा समेत म्याग्देलीहरुलाई एकताबद्ध बनाउने अवधारणालाई पारित गरेसँगै अस्ट्रेलियाको सबैभन्दा ठुलो राज्यमा आइतबार समिति घोषणा गरिएको हो ।
याम बुढाथोकीको संयोजकत्वमा गठित समितिको सह–संयोजकमा थम पुन, सचिबमा नविन छन्त्याल, कोषाध्यक्षमा शिव बुढाथोकी र कार्यसमिति सदस्यहरुमा सिजन रोका, बचन केसी, रञ्जित शाही, सर्विन श्रेष्ठ र सर्किस्था गुर्बजा रहेका छन् । त्यस्तै खेलकुद तर्फ, भलिबल संयोजकमा माधब पुन, बास्केटबल संयोजकमा किरण पुन र तोपमान गर्बुजा, महिला भलिबल संयोजकमा नानु पुर्जा र मेनुका ज्वारचन, कल्चरल संयोजकमा सर्किस्था गर्बुजा र माया पुन, युवा संयोजकमा धर्मेन्द पुर्जा र महिला संयोजकमा इन्दु भण्डारी चयन भएका छन् । मोनाले यसअघि, कुइनस्ल्याण्डमा पनि राज्य समिति गठन गरिसकेको छ ।