एनआरएनए जापानको क्षेत्रिय सह-कोषाध्यक्षमा सेन्दाईका सन्दिप जिसीको बलियो दाबेदारी
- ३ श्रावण २०८२, शुक्रबार
- 693 पटक पढिएको
एनआरएनए जापानको आसन्न निर्बाचनमा एनआरएनए क्षेत्रिय समितीका निबर्तमान संयोजक सन्दिप जिसीले क्षेत्रिय सह-कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिएका छन।
क्षेत्रिय समितीको उप संयोजक हॅुदै संयोजक सम्मको जिम्मेवारी कुशलतापुर्वक सम्पन्न गरिसकेका सन्दिप आसन्न निर्बाचनमा भने क्षेत्रिय सह-कोषाध्यक्ष पदको बलियो दाबेदारका रुपमा रहेका छन।
संस्थागत बिकाश र पारदर्शितालाई मुख्य नारा बनाएर निर्बाचनमा होमिएका उनले संस्थामा हुने आर्थीक चुहावटको अन्त्य गर्दै एनआरएनए जापानको ड्रिम प्रोजेक्टका रुपमा रहेको नेपाल हाउसलाई सबैको अपनत्व हुने गरी सम्पन्न गर्न पहल गर्ने लक्ष्य लिएको हामी संगको कुराकानीमा बताएका छन!
आफु क्षेत्रिय संयोजक हॅुदा आफ्नो क्षेत्रमा महत्वपुर्ण कार्यहरु भएको भन्दै यि कार्यहरुलाई निरन्तरता दिनका लागी पनि आफु एनआरएनए अभियानमा लागेको र त्यही कामको मुल्यांकन गर्दै सबै जापानबासी नेपाली दाजुभाई दिदिबहिनीहरुलाई आफ्नो अमुल्य मत गर्दिनका लागी अनुरोध समेत गरेका छन।