एनआरएनए जापानको चुनाबमा चार म्याग्देली प्रतिस्पर्धामा
- २९ असार २०८२, आईतवार
- 9 पटक पढिएको
गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको आसन्न १२ औँ राष्ट्रिय महाधिवेशनमा चार जना म्याग्देलीहरु चुनाबी प्रतिस्पर्धामा रहनुभएको छ । जापानमा रहनुभएका बेनी नगरपालिका २ का सागर कार्कीले क्षेत्रीय सचिब पदमा र सागर थापा बगालेले एनआरएनए जापानको क्षेत्रीय समिति नागोयाको सचिब पदमा उम्मेदवारी दिनुभएको छ ।
त्यसैगर मालिका गाउँपालिका– १ निस्कोट घर भई हाल जापानमा रहनुभएका रुपेश पुनले एनआरएनए नागोया क्षेत्रीय उप–संयोजक पदमा उम्मेदवारी दिनुभएको छ भने बेनी नगरपालिका ५ की उषा ठकुरीले एनआरएनए जापान क्षेत्रीय समिति कान्तोको सहसचिब पदमा उम्मेदवारी दिनुभएको छ । एनआरएनए जापान र विभिन्न क्षेत्रीय समन्वय समितिमा रहेर सामाजिक कार्यहरुमा सक्रिय म्याग्देलीहरुलाई निर्वाचित गराउन जापानमा रहेका म्याग्देली र नेपालीहरुलाई आह्वान गरिएको छ । जुलाई २७ मा गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको निर्वाचन हुन लागेको छ ।