निलगिरी जलविद्युतको स्काभेटर खोलामा खस्दा चालक बेपत्ता

  • ३१ भाद्र २०७५, आईतवार
  • 1671 पटक पढिएको

म्याग्दी, ३१ भदौ ।निलगिरि हाइड्रो पावरको पहुँचमार्गको सडक विस्तार गर्ने क्रममा माथिबाट आएको ढृुङ्गाले स्काभेटरसंगै मिस्त्रि खोलामा खस्दा चालक बेपत्ता भएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणधिन अवस्थामा रहेको निलगिरि जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माणमा काम गरिरहेको स्काभेटर खोलामा खस्दा चालक बेपत्ता भएको हो ।

पहुचमार्ग विस्तार गरिरहेको स्काभेटरमा माथिबाट आएको ढुङ्गासंगै मिस्त्री खोलामा खस्दा चालक बेपत्ता भएका हुन् । भने चहचालकले पौडी खेलेर ज्यान बचाएको प्रहरी नायव उपरिक्षक विरबहादुर बुढामगरले जानकारी दिए । सहचालक भुरुङतातोपानी स्वास्थ्य चौकीमा उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल बेनी लिएको छ । भने ‘चालक भने खोलामा र स्काभेटर भित्र छ भन्ने कुरा थाहा छैन। खोजी कार्य भईरहेको प्रनाउ बुढामगरले जानकारी दिए ।

निलगिरि खोलाबाट पहाडको भित्र ड्याम राख्ने निलगिरि खोला हाइड्रो पावरले ६२ र ३८ मेगावाटको आयोजनाले सुरू गरेको छ । अन्नपुर्ण बेसक्याम्पको फेदमा ड्याम राख्ने तयारी गरिएको आयोजनाले हुवाखोला देखी छोटेपासम्म ३८ र म्रिस्ती खोला र निलगिरि खोलाको दोभिल्लाबाट ६२ मेगाावाट उत्पादनको काम भइरहेको छ।