नेपाल पुन मगर समाज रघुगंगाको अध्यक्षमा टिका पुर्जा पुन मगर चयन

  • ४ चैत्र २०८२, बुधबार
  • 1 पटक पढिएको

म्याग्दी, ४ चैत । नेपाल पुन मगर समाज रघुगंगा गाउँपालिका समितिको अध्यक्षमा टिका पुर्जा पुन मगर चयन हुनुभएको छ । बुधवार दर्मिजामा सम्पन्न प्रथम पालिका अधिवेशनबाट १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा चेतन गर्बुजा पुन मगर, सचिबमा विनु राम्जाली पुन मगर,सहसचिबमा दिवा शेर्पुन्जा पुन मगर र कोषाध्यक्षमा रेश्मी फगामी पुन मगर चयन हुनुभएको छ । समितिको सदस्यहरुमा मोहन गर्बुजा पुन मगर, एकेन्द्र थजाली पुन मगर, अंकित पुन मगर, सन कुमारी पुन मगर, करुणा गर्बुजा पुन मगर, शिक पाईजा पुन मगर र बिनिता पुन मगर रहनुभएको छ । एक सदस्य समितिको पहिलो बैठकबाट चयन गरिने जनाईएको छ ।
अधिवेशनको उद्घाटन गर्दै नेपाल पुन मगर समाजका केन्द्रिय अध्यक्ष खमबहादुर गर्बुजा पुन मगरले मगर समुदायलाई विभाजन गर्न विभिन्न प्रयत्नहरु भएपनि त्यसलाई सफल हुन नदिन मगर समुदाय एकताबद्ध हुनुपर्ने बताउनुभयो । उहाँले पुन मगरहरुका मौलिक कला संस्कृतिहरुको संरक्षण गर्न आबश्यक रहेको बताउँदै स्थानीय, प्रदेश र संघीय सरकारमा मौलिक संस्कृतिलाई सुचिकृत गराउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा मगर संघ युकेका पूर्व महासचिब तथा एनआरएनए युकेका पूर्व अध्यक्ष योगकुमार फगामी पुन गमर र पुन मगर समाज युकेका संस्थापक अध्यक्ष बिल पुर्जा पुन मगरले मगर समुदायको एकताले मात्रै आफ्नो पहिचान र परम्पराको जगेर्ना गर्न सम्भव रहेकोमा जोड दिनुभएको थियो । कार्यक्रममा नेपाल मगर संघ म्याग्दीका अध्यक्ष खम थापा मगर, नेपाल पुन मगर समाज म्याग्दीका अध्यक्ष निरज शेरपुञ्जा पुन मगर, रघुगंगा गाउँपालिका ७ का वडा अध्यक्ष थकबहादुर पाईजा , वडा नम्बर ५ का अध्यक्ष मनकुमार शेरपुञ्जा, नेपाल पुन मगर समाज अन्नपूर्ण गाउँपालिका समितिका अध्यक्ष टकबहादुर पुन मगरलगायतले मन्तव्य राख्नुभएको थियो । अध्यक्ष  टिका पुर्जा पुन मगरकाे अध्यक्षता,    कोषाध्यक्ष रेश्मी पुन मगरले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन वडा नम्बर ७का वडा सदस्य चेतन गर्बुजाले गर्नुभएको थियो ।