गलेश्वरधाम आमा समूहको अध्यक्षमा पुन: फुलकुमारी रोका निर्विरोध चयन
- ८ चैत्र २०८२, आईतवार
- 45 पटक पढिएको
कार्यक्रमको उद्घाटन गर्दै समूहकी संस्थापक अध्यक्ष जमुना तिलिजाले महिलाको सहभागिता विना समाजको समृद्धि सम्भव नहुने बताउँदै महिला समूहहरूले आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पुर्याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । उहाँले महिलाहरूको एकता र सक्रियता अनुकरणीय रहेको भन्दै आगामी दिनमा पनि समाज सेवा र महिला सशक्तीकरणमा निरन्तर अघि बढ्न आग्रह गर्नुभयो । नवनिर्वाचित अध्यक्ष फुलकुमारी रोकाले आफ्नो कार्यकालमा समूहलाई थप सक्रिय, संगठित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले गलेश्वरधामको धार्मिक तथा पर्यटकीय महत्व उजागर गर्दै स्थानीय समुदायको समग्र विकासमा योगदान पुर्याउने योजनालाई प्राथमिकता दिने बताउनुभयो ।
कार्यक्रममा गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी, गलेश्वरधाम जेष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुन, स्थानीय समाजसेवी बालकुमार लामिछाने समुहकी सदस्य देवी पाईजा लगायतले समूहको सक्रियता र योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्न सुझाव दिएका थिए । समूहकी अध्यक्ष रोकाको अध्यक्षता, उपाध्यक्ष विन्दु कार्की पुर्जाको स्वागत र सचिव निशा जिसी महतको सञ्चालनमा सम्पन्न कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष मनु फगामीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्थानीय आमा–दिदीबहिनीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । तस्बीरः धनिलाल गर्वुजा 

