जनप्रगतिशिल मञ्च ओमनको छलफल तथा भेटघाटमा कार्यक्रम

  • २ असार २०७५, शनिबार
  • 1933 पटक पढिएको

 

मस्कट ओमन

असार २ गते शुक्रबारको दिन जनप्रगतिशिल मञ्च ओमनको भेटघाट तथा नयाँ वर्ष २०७५ को नेपाली पात्रो प्रकाशित गरि संगठनको उपस्थिति लाई बलियो गरि अगाडि बढाउने योजना सहित आगामी हुने संगठन एकताको बारेमा महत्त्वपूर्ण छलफल मस्कट स्थित घाला राउन्डबोर्ड स्थित रहेको मो: मो किङ्ग रेस्टुरेन्टमा सम्पन्न भएको छ ।

जनप्रगतिशिल मञ्च द्वारा आयोजना गरिएको छलफल तथा भेटघाटमा एन आर एनका सचिब तथा मञ्चका सल्लाहकार डिबि क्षेत्री, मञ्चका अध्यक्ष उमेश विश्वकर्मा,उपाध्यक्ष हेम आचार्य, केन्द्रिय सदस्य शुरेस बराईली,याम बहादुर सुनारी मगर भर्खर नेपाल बाट छुट्टी सकेर ओमन फर्किनु भएका संस्थाका सचीव तथा प्रचारप्रसार बिभाग प्रमुख पूर्ण विश्वकर्माले नेपालको राजनीतिक र संगठनको बारेमा पार्टी कार्यलयमा भएको छलफल राख्नु भयो । सचीव नेपाल बसाइको क्रममा पार्टी कार्यलय पेरिस डाडामा बिदेश बिभाग सचीव युवराज चौलागाईं लगायत शीर्ष नेतृत्वहरु संग संगठन र प्रवासमा रहेका कामदारको विषयमा छलफल गरि जनप्रगतिशिल मञ्चले ज्ञापनपत्र पनि बुझाको थियो ।