अशोक राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता

  • २४ बैशाख २०८१, सोमबार
  • 269 पटक पढिएको

काठमाडौँ । निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता गरेको छ । निर्वाचन आयोगमा जसपाका सात सांसदसहितले नयाँ दलका लागि आइतबार निवेदन दिएका थिए । निर्वाचन आयोगको सोमबार बसेको बैठकले जनता समाजवादी पार्टी ९जसपा० नेपालबाट विभाजित भई गठन भएको जनता समाजवादी पार्टीको दर्ता भएको हो ।

आइतबार जसपा नेपालबाट विभाजित भई नेता अशोक राई पक्षले आयोगमा दल दर्ताका निम्ति निवेदन दिएको थियो । सोही निवेदनमाथि आयोगले सोमबार निर्णय गर्दै दल दर्ता गरेको हो । निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ अनुसार दल दर्ताको निर्णय गरिएको जानकारी दिए ।

‘राजनीतिक दल सम्बन्धी ऐन २०७३, राजनीतिक दलसम्बन्धी नियमावली २०७४ तथा प्रचलित सङ्घीय कानुनका प्रावधान पालना गर्ने शर्तमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ र नियमावली ७४ को नियम ५ बमोजिम जनता समाजवादी पार्टी ९जसपा० नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता किताबमा रेकर्ड गर्ने’, आयोगको निर्णयमा भनिएको छ ।