लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन

  • २३ बैशाख २०८१, आईतवार
  • 189 पटक पढिएको

बेनी । म्याग्दीको मंगला गाउँपालिका–१,पुर्ण गाउँ स्थित लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन गरिएको छ । शनिबार आयोजित क्लबको १८ औं साधारणसभा तथा ९ औं अधिवेशन समारोहका विच उक्त स्टेजको गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले उद्घाटन गर्नुभएको हो । समाज विकासमा युवा क्लबको महत्वपुर्ण भुमिका रहेको बताउँदै प्रदेश सभा सदस्य गौचनले थप पुर्वाधार निर्माणका लागि आफुले पहल गर्ने बताउनुभयो । कार्यक्रममा कांग्रेस म्याग्दीका पुर्व सचिव क्याप्टेन मिनबहादुर कार्की र वडा अध्यक्ष एकजित रोका, वडा सदस्य नरबहादुर खत्री,समाजसेवी इश्वर आचार्य ,क्लबका पुर्व अध्यक्ष तथा राष्ट्रिय जनजागृती माविका प्रअ टेक राम्जाली लगायतले मन्तव्य राख्नुभएको थियो ।
गण्डकी प्रदेश सरकारबाट दश लाख र क्लबले थप गरेर करिब साढे एघार लाख रुपैयाँमा स्टेज निर्माण गरिएको क्लब अध्यक्ष खगेन्द्र खत्रीले बताउनुभयो । स्टेज निर्माण भएपछि सहज भएको क्लब अध्यक्ष खत्रीले बताउनुभयो । यसैगरी प्रदेश सरकारबाट पाँच लाख रुपैयाँ लागतमा खेलमैदानमा घेराबार गरिएको छ । क्लबद्धारा आयोजित तिहार मेलाबाट प्राप्त आम्दानी ,स्वदेश तथा विदेशमा रहेका पुर्णगाउँबासीबाट संकलित सहयोग रकमबाट क्लबले खेलमैदानको लागि जग्गा खरिद गरेको थियो । शनिबार खेलमैदान निर्माणमा गर्न आवश्यक जग्गा खरिद गर्नका लागि सहयोग पु¥याउने सहयोगीदाताहरुलाई सम्मान गरेको छ ।
अधिवेशनबाट क्लबको अध्यक्षमा खगेन्द्र खत्री दोहोरिनुभएको छ । वरिष्ठ उपाध्यक्षमा सिजन गौचन ,उपाध्यक्षमा प्रवेश थजाली ,सचिवमा भरत अर्मजा ,सहसचिवमा ऋषिकेश तिवारी ,कोषाध्यक्षमा विन्दु विक चयन हुनुभएको छ । भने सदस्यहरुमा कुमार विक,रबि राम्जाली ,भविन्द्र राम्जाली ,निशान पुन ,कौशिला पुन ,सुस्मिता पुन ,सन्ध्या खत्री चयन हुनुभएको छ । यसैगरी क्लबको सल्लाहकारहरुमा टेकबहादुर राम्जाली,गोविन्द सुवेदी ,अर्जुन आचार्य ,इश्वर आचार्य र शिव आचार्य चयन हुनुभएको छ । कार्यक्रममा निवर्तमान सहसचिव अर्मजाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने निवर्तमान उपाध्यक्ष गौचनले संस्थागत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्थानीय आमा समुह,क्लबका सदस्य लगायतले नृत्य प्रस्तुत गरेका थिए ।