म्याग्दी जेसीजको स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न

  • २४ बैशाख २०८१, सोमबार
  • 163 पटक पढिएको

म्याग्दी, २४ वैशाख । म्याग्दी जेसीजको स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेपाल जेसीजको क्षेत्र ख का निरुपित राष्ट्रिय उपाध्यक्ष अमर घिमिरेको शाखा भ्रमण को क्रममा म्याग्दी जेसीजद्वारा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ ।

म्याग्दी जेसीजका शाखा अध्यक्ष दिनेश बानियाँको अध्यक्षता, क्षेत्र खका निरुपित राष्ट्रिय उपाध्यक्ष घिमिरेको प्रमुख आतिथ्यता,नेपाल जेसिज क्षेत्र गका निरुपित राष्ट्रिय उपाध्यक्ष नवराज उपाध्यायको बिशिस्ट आतिथ्यथामा सम्पन्न कार्यक्रममा म्याग्दी जसीजका वरिष्ठ कार्यकारीणि उपाध्यक्ष दिनेश बिश्वकर्माले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन म्याग्दी जेसीजका महासचिव सज्जन श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रममा म्याग्दी जेसीज वर्ष २०२४ को कार्यकाल शुरु भए देखि हाल सम्म सम्पन्न कार्यक्रमको प्रतिवेदन महासचिव द्वारा प्रस्तुत गरि नेपाल जेसिज क्षेत्र ख का निरुपित राष्ट्रिय उपाध्यक्ष घिमिरे लाई बुझाईएको म्याग्दी जेसीजका मेडिया म्यानेजर कपिल बानियाँले जानकारी दिनुभयो ।