“प्रेमको उलार पूर्वी”

  • ६ बैशाख २०७५, बिहीबार
  • गंगा बानियाँ
  • 3011 पटक पढिएको

गंगा बानियाँ /
कथाकार लोकनाथ भुषाल “घायलश्री” (हाल म्याग्दी निवासी फलेवास नगरपालिका ४ मुडिकुवा) एक आधुनिक मोडका कथाकारका रुपमा देखा पर्दछन् । उनले पहिलो कथा पहाडी गोरेटो साहित्यिक पत्रिकामा प्रकाशन गरि कथा लेखन तथा प्रकाशनमा प्रवेश गरेको पाईन्छ । उनको कृतिका हिसावले यसभन्दा अघिल्लो कृति ‘नवी नमुना’ले पनि थुप्रै पाठकको मन जित्न सफल भएको थियो । तसर्थ, ‘पूवीर्’ कथा सङ्ग्रह पनि प्रकाशित भैसके पछि मैले उनको यो कथा सङ्ग्रह पढ्ने अवसर पाएँ । ‘पूवीर्’ कथा सङ्ग्रहभित्र पाचँओटा कथाहरु सङ्कलीत छन् । ‘पूवीर्’ पढ्दै पढ्दै जादाँ पहिलो कथाले नै मेरो हृदय छुन पुग्यो ।


पहिलो कथा ‘तिम्री स्वास्नी’ कथाले प्रायः सम्पूर्ण नेपाली युवाहरुको प्रतिनिधित्व गरेको छ । जहाँ प्रेम र जीवनको अर्थ नबुझी ढोटे अल्लारे प्रेममा फसेर असफल बन्नुनै ‘तिम्री स्वास्नी’ कथाको निचोड भेटिन्छ । आजका युवामा देखिएको स्वार्थीपन र नारी माथि गरिएको ह्पाहा प्रवृति र हिंसात्मक भाव ब्यक्त भएको पाईन्छ । मझौला आकारको यो कथा नेपाली कथा साहित्यका फाँटमा एक शसक्त र दर्वीलो तथा दमदार सजकता अपनाउनु पर्ने भाव युवा जगतलाई गतिलो झापट भेटिन्छ ।


दोस्रो कथा “यात्रा” कथाले हामी मानव जीवनको लक्ष विहिन यात्रा र यसले नियतिसंग खेलेको भूमिकालाई उजिल्याउन खोजेको छ । जहाँ गन्तव्यविहिन यात्री म पात्रले सन्तोषी संगको क्षणिक प्रेमलाई आफ्नो सम्पुर्ण जीवनको आधारका रुपमा हेरेको हुन्छ । यद्यपि सन्तोष जस्ता पात्रले नत आफ्नो जीवनको मूल्य बुझेको छ नत ऊ आफ्नो प्रेमीलाई पाउन सफल भएको छ । ऊ त केवल अधुरो प्रेममा सावित भएको पाईन्छ । उक्त कथाभित्र यी तीन बाक्यद्धारा नै प्रष्ट्याएको छकि बास्नानै नआउने त्यो प्लाष्टिकको रातो गुराँसको फूल मात्र फूल हो । यो यथार्थ होईन । जसको सुगन्धनै आउदैन तर मूल्यवान छ त्यही । त्यहीको बजार छ, त्यसैले चर्चा छ अनि त्यही सुन्दर पनि छ । वास्तवमा मानव जीवनको मूख्य तत्व प्रेम हो । प्रेमका कारणनै मानव जीवन अधुरो बनेको छ । तथापि यस कथामा गन्तव्यविहिन पात्र र सन्तोषीको जीवन कथाले यो शुन्य संसारमा हाम्रो मानव जीवन एक नटुङ्गीने यात्रा हो । यहाँ चाहेर पनि आफूले सोचे जस्तो जीवन नहुनु यही यर्थार्थतामा यस कथाको थालनी भै अन्त्य हुन पुगेको छ । म पात्रको यात्राका क्रममा भेटिएको सन्तोषी पनि एक असफल प्रेमीका पात्र हो त्यसैले यो यात्रा कथाले पनि एक असफल प्रेमको परिचय दिन खोज्नुका साथै म पात्रको जीवनवादी दृष्टिकोण पनि झल्कछ ।

तेस्रो कथा ‘पूवीर्’ जुन कथा नेपाली कथा साहित्यमा एउटा उत्कृष्ट कथाका रुपमा देखा पर्दछ । ‘पूवीर्’ कथाको कान्छो पात्र हाम्रै नेपाली समाजको कुनै एक परिवारको सदस्य हो जो आफ्नो पुरुषार्थ देखाउन हैकमबादी बनि त्यसको बदलामा मृत्युलाई अगाल्न पुग्नु र जुन पुरुषको कारण आमा बन्नबाट बञ्चित नभै नारीवाट सत्य प्रेममा आउनका निमित जो कुनै नारीले पनि आफ्नो हक अधिकारलाई लिन खोज्नु के नारीको लैगिक अधिकार होईन र ? कान्छोको श्रीमती जस्ता पात्र वर्गिय पात्रका रुपमा देखापर्दछन् भने कान्छाको साथी विज्ञान जस्ता मूख्य पात्रले आफ्नो मात्र नभै छरछिमेक गाउँघरमा बसेपछि समाजका ब्यक्तिहरुलाई परेको अफ्ठ्यारो परिस्थितिलाई सामना गरि हरक्षेत्रमा सहयोग पु¥याउने नेपाली जनमानसको यथार्थ कर्तव्य तथा स्नेहलाई पनि झल्काएको पाईन्छ । यधपि यस कथाको प्रमुख उद्देश्यका रुपमा हेर्दा मान्छे परिस्थिति अनुसार बदलिनु पर्छ । परिवर्तन हुनुपर्छ र हुनसक्नु पर्छ नत्र पुरुषार्थको बदलामा मृत्युलाई अंगाल्नु वाहेक जीवनमा अरु केही हुदैन भन्ने सन्देश दिनु यस कथाको मूल उद्देश्य मानिन्छ ।

चौथो कथा “बाबा”ले पनि एक सङ्र्घशील जीवनको अमूर्त प्रेमलाई चिनारी दिन खोजेको छ । यस कथाका प्रमुख पात्र बावा र शीताष्मा जस्ता पात्रले जीवनको उत्तराद्धमा आएर पनि प्रेम आवश्यक छ जहाँ जीवन जीउनका लागि नारी र पुरुष एक रथका दुई पाङ्ग्रा हुन भन्ने भनाई तथ्य मोडिएको छ । ताकी उक्त कथाका पात्र बाबा विभुषी नारी शीताष्माको प्रेम प्रभाव माथि छचल्किएको पाईन्छ । बाबा जस्ता पात्र हाम्रै घर समाजमा छन् । प्रेमभाव जुन अवस्थामा पनि उत्रिन सक्छ भन्ने यस कथाको मूख्य उद्देश्य रहेको छ । बाबा कथाले कथा साहित्यमा एउटा नविनता तथा पाको उमेरमा गरिएको प्रेमको मार्मिकतालाई औल्याएको छ । वाबा र शीताष्मा जस्ता पात्रले हाम्रै घर समाजका मानव मनका सदस्यहरुको प्रतिनिधित्व गरी नेपाली जनमानसमा थप उर्जा थपेको पाईन्छ । पाँचौ कथा र ‘झल्लु’ पनि प्रेमका विभिन्न रुप मध्ये एउटा पक्षको प्रतिनिधत्व गरेको छ । प्रेमलाभमा एउटा अमूर्त र प्राकृतिक प्रेम झल्किएको छ । प्रेमी प्रेमीकाको रुपमा अग्रज र इन्द्रेणी जस्ता पात्रले प्रेममा परेर पनि मायालाई जीवन्त दिज नसक्नु र अग्रज जस्ता पात्रले नेपाली समाजका युवाहरुको प्रतिनिधित्व गरेको छ । जो ऋणलाई चुर्लुम्व बोकेर विदेशिन बाध्य अग्रजले सम्पुर्ण युवाहरुको परिचयलाई ल्याउन खोजको छ । अग्रजले वावा आमा गुमाएपछि जीवनको शुन्यता हुर्किरहेकै बेलामा इन्द्रेणीले उसको साथ र सहयोग दिनु र हरपल उसको चिन्ता गरिरहनुले पनि नारीभित्रको कोमलतालाई नकार्न सकिदैन । यी दुवै एकअर्काले चाहेर पनि सामाजिक मूल्य, मान्यता, संस्कार एंव परम्परालाई कुल्चेर एकै ठाउँमा पु¥याउने अवस्था नरहनु र अग्रज नाउँको झल्लुले इन्द्रेणीकै बावुसंग ऋण लिएर इन्द्रेणीकै नाममा घरजग्गा तमसुक गरी विदेशिनु पर्ने यो कारुणिकता भेटिन्छ ।

निष्कर्षमा भन्नुपर्दा घायलश्री नेपाली कथा यात्रामा नया मोड थप्दै, प्रेमका विभिन्न रुपहरु हुन्छन् । यी युवा अवस्थामा मात्र नभै केवल जीवन जिउने क्रममा जुन परिस्थिति पनि हुन सक्छ भन्ने तथ्य देखाउने एक शसक्त कथाकारका प्रतिक मानिन्छन् । उनले यस कथामा सरल, मीठो, भाषाशैली र पाठकले सहजै रुपले बुझ्न सक्ने ओजपूर्ण अभिब्यक्तिले कथालाई निकै उतकृष्ट र मार्मीक बनाएका छन् । विषयबस्तु अनुसारको पात्र देशकाल, परिवेशले उक्त कथा झनै रोचक र मर्मस्पर्शी बनाईएको छ । पाठकसामु सहज भाषा शैलीमा कथा पस्किएर ग्रामिण तथा सहरी क्षेत्रका परिवेशलाई औल्याउनु उनको निजि प्रवृतिगत विशेषता मानिन्छ ।

गंगा बानियाँ