एसइईमा प्रकाश माविका समिर सुवेदीको ४ जिपिएसहित सर्वोकृष्ट नतिजा

  • २१ असार २०८०, बिहीबार
  • 664 पटक पढिएको

 

म्याग्दी २१ असार । राष्ट्रिय परीक्षा बोर्डले विहिबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा २०७९ ( एसइई ) को नतिजामा सदरमुकाम बेनीस्थित प्रकाश माध्यमिक विद्यालयका समिर सुवेदीले ४ जिपिए ल्याउनु भएको छ ।


उहाँले ल्याएको नतिजा नेपालभरको उतकृष्ट नतिजा रहेको विद्यालयका प्रअ लेखबहादुर हमालले बताउनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाइका ईकाई प्रमुख दलबहादुर थापाले यस बर्षको एसईई परीक्षामा म्याग्दीबाट सहभागि विद्यार्थीमध्ये प्रकाश माविका सुवेदीले ४ जिपिए ल्याएर जिल्ला प्रथम हुनुभएको बताउनुभयो ।


एसईइईमा सहभागि एक हजार ९०७ जना विद्यार्थीमध्ये ३.६० देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या २१ रहेको छ । त्यस्तै ३.२ देखि ३.६ ग्रेड ल्याउने ६१ जना २.८ देखि ३.२ ग्रेड ल्याउने एकसय ७७ जना, २.४ देखि २.८ ग्रेड ल्याउने तीनसय ८१ जना र २.० देखि २.४ ल्याउनेको संख्या पाचँसय ८० रहेको छ ।

१.६ देखि २.० देखि ग्रेड ल्याउने संख्या चार सय ९७ जना रहेका छन् भने १.२ देखि १.६ ग्रेड ल्याउने एकसय ६८ जना रहेका छन् । ०.८ देखि १.२ ल्याउने ३ जना रहेका छन् ।