स्वर्गीय योगनाथ ढुंगानाको ‘योगदाथ स्मृति’ पुस्तक लोकार्पण

  • २८ भाद्र २०८०, बिहीबार
  • 321 पटक पढिएको

म्याग्दी,२८ भदौ । स्वर्गीय योगनाथ ढुंगानाको जीवन इतिहासमा आधारित ‘योगदाथ स्मृति’को सार्वजनिक गरिएको छ । म्याग्दी सामुदायिक पुस्तकालयमा बिहीबार आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरियो । योगनाथ स्मृतिको ढुंगानाको स्मृति बयोबृद्ध हरिहर पौडेलले बिमोचन गर्नुभयो । कार्यक्रममा योगनाथ स्मृतिमाथि टिप्पणी गर्दै साहित्यकार रामप्रसाद सुबेदीले धार्मिक एवम् शैक्षिक क्षेत्रमा अतुलनीय योगदान पु¥याउनुभएको बताउनुभयो ।उहाँले सन्तानहरू शिक्षित हुँदै गएपछि आफ्ना पुर्खाहरूको श्रद्धा र सम्मानमा स्मृति ग्रन्थहरू लेखिने बताउनुभयो ।
उहाँले साहित्यकार समेत रहनुभएका ढुंगानाको योगदानको चर्चा गर्न छोराहरू रोहितप्रसाद ढुंगाना, गुरुप्रसाद ढुंगाना र कमलप्रसाद ढुंगानाको पितृहरूप्रति श्रद्धा गर्ने क्षमता र गुण अनुकरणीय कार्यको प्रसंशा व्यक्त गर्नुभयो । बिमोचनको क्रममा गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधबप्रसाद रेग्मी, साहित्यकार धुब्रलाल शर्मा, नविन बानियाँ, लेखक शिव सस्मित, म्याग्दी बहुमुखी क्याम्पसका सहायक प्रमुख नारायणप्रसाद सुबेदी लगायत बोल्ने बक्ताले योगनाथको व्यक्तित्व र साहित्यिक यात्रा एवं जीवन जगतबारे आफ्ना धारणा राख्नुभएको थियो ।

कार्यक्रममा धन्यवाद ज्ञापन गदैं बेनी नगरपालिका वडा नं ६ जामुनाखर्क माविका प्रअ सोमनाथ ढुंगानाले भावीपिढीलाई अग्रजहरूप्रति सम्मान गर्न अभिप्रेरणा मिल्ने धारणा राख्नुभएको थियो । आफ्ना पितृहरूप्रति समर्पण हुने गतिविधि समाजकै लागि उदाहरणीय रहेको उहाँको भनाई थियो । संघर्ष, सहनशीलता र इमान्दारीको चर्चा गदैं सकिएको कार्यक्रमको अध्यक्षता गुरुप्रसाद ढुंगाना, स्वागत अम्बिका पौडेल ढुगाना र सञ्चालन कमलप्रसाद ढुंगानाले गर्नुभएको थियो । १०४ पृष्ठको ग्रन्थमा ३१ जना लेखकले स्वर्गिय ढुंगानाका बारेमा लेख्नु्भएको छ ।