राखु चिनाउने ‘आउ है राखु कोतमा….’ गित सार्वजनिक हुदै

  • १५ आश्विन २०८०, सोमबार
  • 384 पटक पढिएको

 

म्याग्दी, १५ असोज । जुन दिन पाईला राखुमा टेक्छौ, अन्नपूर्ण हिमालको शिर देख्छौ…. आउ है राखु कोतमा… गित सार्वजनिक हुदै छ । शब्द सर्जक तथा गायक फौद कटुवाल विन्दाशले (जन्मगाउँ) रघुगंगा गाउँपालिका– २ राखु भगवतीलाई चिनाउने गित सार्वजनिक गराउन लाग्नुभएको हो ।

धौलागिरी आईसफल पदमार्गमा पर्ने, नीलगिरी र अन्नपूर्ण हिमालको काखँमा देखिने रघुगंगा गाउँपालिका–२, राखु भगवती गाउँलाई गितमार्फत चिनाउन ‘आउ है राखु कोत…’ भिडियो सहित गित सार्वजनिक गर्न भिडियो छायांकन तयारी रहेको सर्जक तथा गायक कटुवालले जानकारी दिनुभयो ।

उक्त गितको शब्द र स्वरमा फौद कटुवालसंगै लक्ष्मी मल्लले साथ दिएकी छन् भने संगित बसन्त थापाले भरेका छन् । अन्नपूर्ण र निलगिरी हिमालको काखमा रहेको राखु भगवतीको धार्मिक, सांस्कृतिक, प्राकृतिक स्रोत साधनलाई गितमार्फत स्वदेश तथा विदेशमा चिनाउने उद्देश्यले गित रेकर्ड गरी राखुको भूगोलमा छाँयाकन गर्ने तयारी भएको छ।

म्याग्दीको सदरमुकाम बेनी सडक, पैदलयात्रामार्फत सहज रुपमा पुगिने राखु भगवतीको एतिहासिक राखु कोत, राखुबाट देखिने अन्नपूर्ण, निलगिरी हिमाल, धानको फाँट, रुईसे– भेडिओढार, नौलीबराह मन्दिर, राखु वनजंगलमा पाईने फलफूलको महत्वबारे गित र भिडियो मार्फत सुन्न र देख्न पाईन्छ ।

राखु गाउँको सेरोफेरोका ठाउँहरु पर्यटकीय स्थल बनेको हुँदा त्यसको पर्यटन प्रवद्र्धन गराउने उद्देश्यले गित तयार गरी छाँयाकन गर्ने काम रहेको गायक कटुवालले बताउनुभयो । “राखु गाउँको छुट्टै विशेषता छ । जुन गाउँको विशेषताहरु गीतको मध्यमबाट नै उल्लेख गरिएको छ” उहाँले भन्नुभयो । “गितमार्फत एतिहासिक भगवती कोत मन्दिर, रुईसे– भेडीओढार लगायत गाउँ–ठाउँलाई भिडियो सहित गित सार्वजनिक गर्ने तयारी गरेको छु । ”

उक्त गित रेकर्ड गर्नका लागि विदेशमा रहेको राखुका दाजुभाई र देउँसीभेलोमा संकलन भएको कटुवालले बताउनुभयो । उहाँले बैसरीमा घर छ मेरो पुर्‍यो पहिरो चलेर, सिन्दुर पोते अर्कैको पहिरेउ, घाईते बाघ हु म, लगायतको गितको सिर्जना गर्नुभएको छ ।