मिस एन्जल्स पोखराकोे पहिलो अडिसनबाट ११ जना युवती छनौट, दोस्रो चरणको अडिसन पौष आठमा

  • २९ मंसिर २०७४, शुक्रबार
  • 1851 पटक पढिएको

उमा आलेमगर
पोखरा, २९ मंसिर । मिस एन्जल्स पोखराकोे पहिलो चरणको अडिसनबाट ११ जना छनोटमा परेका छन् । विहिबार पोखरामा भएको अडिसनबाट ११ जना युवती छनौट भएका हुन्् । ड्रिम्स् फेशन हाउस पोखराको प्रस्तुतिमा आयोजना हुन लागेकोे मिस एञ्जल्स पोखरा २०७४ को लागी कृती श्रेष्ठ, सिर्जना पौडेल, सविना क्षेत्री, अलपिना गुरुग, प्रकृती श्रेष्ठ, तुल्सी महतो, विना तागोदार र मिना नेपाली छनौट भएका छन् ।

रुवीया जोशी, सिर्जना पौडेल र सुस्मीता तिवारी पनि चहिलो चरण बाट छनौट भएको जुरी टिम संयोजक सामाजिक अभियान्ता तथा पत्रकार शिलाश केसीले जानकारी दिए ।जुरीटिममा मिस पोखरा २०१७ ममता जोशी, मिस कल्चरल पश्चिमाञ्चल नेपालकी मञ्जु थापा, रुल नेपाल स्टुडियोका चियर पर्सन शोलोमन रोका, मोडेल तथा फेशन डिजाईनर सपना तिवारी र कोरियोग्राफर ओशिर राई रहेका थिए । युवतीको बौद्धिक सुन्दरता, नेतृत्व विकास र सामाजिक उत्तर दायित्व भन्ने आदर्शलाई आत्मसाथ गर्दै विभिन्न संघसंस्थाको आयोजनामा गरिएको इभेन्ट संयोजक सपना तिवारीले जानकारी दिईन् ।

१४ देखि २४वर्ष उमेर समुहका अविवाहित युवतीले सहभागीता जनाउन सक्ने प्रतियोगिताको दोस्रो चरणको अडिसन पौष ८ गते शनिबार अपराह्न ३ बजे पोखराको राष्ट्रबैँकचोकको मुक्तिनाथ लेकाली होटलमा हुनेछ । अडिसन लगत्तै एक महिने विषेश प्रशिषण हुने ड्रिम्स् फेशन हाउस पोखराका महासचिव तथा सञ्चारकर्मी प्रकाश अधिकारीले जानकारी दिए । प्रशिक्षणमा व्यतित्व तथा नेतृत्व विकास, बोल्ने कला, संस्कार र संस्कृति, विभिन्न खेल, तथा अभिनय कला लगायतका विभिन्न विद्यामा विज्ञबाट प्रशिक्षण दिईने ड्रिम्स् फेशन हाउस पोखराका सल्लाहकार गोविन्द तिवारीले बताए । प्रतियोगिताले युुवतीको लुकेको—दवेको आवाज र अन्तरनिहित प्रतिभालाई प्रोत्साहन गर्न जोड दिने तिवारीको विश्वास छ ।

मिस एञ्जल्स पोखराको ग्राण्ड फिनाली आगामी माघ २० गते पोखरा सभागृहमा हुने छ भने विजेताले नगद ५० हजारको साथमा क्राउन र विभिन्न पुरस्कार तथा अवसरहरु प्राप्त गर्नेछन् । त्यसैगरि उपविजेता र विद्यागत विजेताहरुले नगद सहित क्राउन, विभिन्न पुरस्कार र अवसरहरु पाउने जनाईएको छ । ईभेन्टबाट मुनाफा भएको ५० प्रतिशत रकम सडकबालबालिकाको लागि खर्च गरिने आयोजकले जनाएको छ । source : www.praharnews.com