विशेष
नेकपा रघुगंगाको अध्यक्षमा कार्की, सचिबमा भण्डारी चयन
- 6 बर्ष, 2 महिना अगाडि
- २५ चैत्र २०७५, सोमबार
कमल खत्री म्याग्दी, २५ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रघुगंगाको अध्यक्षमा प्रेम बहादुर कार्की (दिपक) र सचिबमा हरि भण्डारी चयन हुनुभएको छ । आईतवार सम्पन्न नेकपाको रघुगंगा र वडाहरुको संयुक्त संयन्त्रको विस्तारित बैठकले सर्वसम्मत रुपमा ५१ सदस्यीय गाउँपालिका कमिटि गठन गरेको हो । अध्यक्ष कार्की पूर्व एमाले र सचिब... पुरा पढ्नुहोस
बरंजामा बाढीको बितण्डा
- 6 बर्ष, 2 महिना अगाडि
- २५ चैत्र २०७५, सोमबार
म्याग्दी २५ चैत । बाढीका कारण म्याग्दीको मंगला गाउँपालिका ४ मा सडक र खानेपानी आयोजना अवरुद्ध भएको छ । बर्षासंगै असिनाका कारण गाउँपालिकाको ३ र ४ नम्बर वडामा पर्ने बरंजामा खेतीबालीमा समेत क्षति पु¥याएको छ ।बर्षापछि खोल्सामा आएको बाढीले सडक र खानेपानीको पाइप बगाएको छ । बरंजा देखि दुर्दी, भित्रीवन,... पुरा पढ्नुहोस
कांग्रेस गुटबन्दी घेरामा प¥यो : नेता आचार्य
- 6 बर्ष, 2 महिना अगाडि
- २४ चैत्र २०७५, आईतवार
म्याग्दी, २४ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले कांग्रेसलाई गुटबन्दीको रोग लागेको बताउनुभएको छ । नेपाली कांग्रेस म्याग्दीको कार्यकर्ता भेटघाट एवम् अन्तरक्रिया कार्यक्रमलाई आईतवार सम्बोधन गर्नुहुँदै आचार्यले यस्तो कुरा बताउनुभएको हो । पुर्व अर्थमन्त्री समेत रहनु भएका आचार्यले पार्टीमा देखीएको गुटबन्दीका कारण कांग्रेसले विगतदेखी ठुलो क्षती व्यहोर्दै आइरहेको... पुरा पढ्नुहोस
मुनामा पत्रकारिता पुनर्ताजगी एवम् उद्घोषण कला तालिम सम्पन्न (फोटो फिचर)
- 6 बर्ष, 2 महिना अगाडि
- २४ चैत्र २०७५, आईतवार
म्याग्दी, २४ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका– ३ मुनामा सञ्चालित पत्रकारिता पुनर्ताजगी एवम् उद्घोषणकला तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दीको समन्वय र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा भएको दुई दिने तालिम शनिबार सम्पन्न भएको हो । तालिममा गाउँपालिकाका ७ वटै वडाका ३५ जनाको सहभागिता रहेको... पुरा पढ्नुहोस
मंगलामा नेकपाको कमिटि गठन
- 6 बर्ष, 2 महिना अगाडि
- २३ चैत्र २०७५, शनिबार
सिजन रोका बाबियाचौर २३ चैत । नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) मंगला गाउँ कमिटिको अध्यक्षमा प्रेमप्रसाद रेग्मी र सचिवमा यामबहादुर रोका चयन भएका छन् ।बाबियाचौरमा शनिबार भएको नेकपाको कार्यकर्ता भेलाले मंगलाको ५ वटै वडाका अध्यक्ष र सचिव समेत चयन गरेको छ । अध्यक्ष रेग्मी पुर्व एमाले र रोका पूर्व माओवादी... पुरा पढ्नुहोस
ताकमकोतमा पर्यटन प्रर्वद्धन कार्यक्रम
- 6 बर्ष, 2 महिना अगाडि
- २३ चैत्र २०७५, शनिबार
ताकम २३ चैत । म्याग्दी भ्रमण वर्ष २०७५ अन्तरगत शनिबार उद्योग वाणिज्य संघले धवलागिरी गाउँपालिका ७ ताकमकोतमा पर्यटन प्रर्वद्धनात्मक कार्यक्रम गरेको छ ।जिल्लाका सबै स्थानीय तहका एक एक वटा नयाँ पर्यटकीय गन्तब्य स्थलमा पुगेर प्रर्वद्धनमा सघाउने म्याग्दी उद्योग वाणिज्य संघको अभियान अन्तरगत ऐतिहाँसिक, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको ताकमकोतमा कार्यक्रम... पुरा पढ्नुहोस
सरकारले भष्ट्रचार संस्थागत गरायो : संग्रौला
- 6 बर्ष, 2 महिना अगाडि
- २२ चैत्र २०७५, शुक्रबार
धिरन खत्री म्याग्दी, २२ चैत । नेपाली काग्रेस केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभाकी सदस्य डा. डिला संग्रौलाले कम्युनिष्ट नेतृत्व सरकारले भष्ट्रचार संस्थागत गराईसकेको आरोप लगाएकी छन् । नेपाली काँग्रेस जागरण अभियान अन्तर्गत म्याग्दी आएकी संग्रौलाले पत्रकार सम्मेलनमा सरकारको वाइडबडी खरीदमा भएको अनियमिततामा छानविन र मेलम्ची खानेपानी लगायतको विकासको काममा भएको... पुरा पढ्नुहोस
मुनामा पत्रकारिता र उद्घोषणकला तालिम सुरु
- 6 बर्ष, 2 महिना अगाडि
- २२ चैत्र २०७५, शुक्रबार
मुना २२ चैत ।म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा शुक्रबारदेखि पत्रकारिता पुनःताजगी एवम् उद्घोषणकला तालिम सुरु भएको छ ।धवलागिरि गाउँपालिकाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघको समन्वय र म्याग्दी मिडिया सोसाइटीले आयोजना गरेको तालिम २ दिनसम्म सञ्चालन हुने जनाइएको छ । तालिममा धवलागिरी गाउँपालिकाका ७ वटै वडाका ३० जनाको सहभागिता रहेको छ... पुरा पढ्नुहोस
विकासका लागि समुदायको सक्रियता आवश्यक–मन्त्री थापा
- 6 बर्ष, 2 महिना अगाडि
- २१ चैत्र २०७५, बिहीबार
सन्दिप शर्मा चिमखोला २१ चैत । महिला, बालबालिका तथा जेष्ठ नागरिक थममाया थापाले विकासका लागि समुदायको चासो र सक्रियताका आवश्यकता रहेको बताइन ।रघुगंगा गाउँपालिका ७ चिमखोलामा बिहीबार एकिकृत घुम्ति शिविरको उद्घाटन गर्ने मन्त्री थापाले सरकारले जतिनै बजेट, योजना र कार्यक्रम ल्याएपनि त्यसको सदुपयोग र प्रभावकारी परिचालनका लागि समुदायको सक्रियता... पुरा पढ्नुहोस
पर्वतमा प्रथम सडक खाना महोत्सव हुने
- 6 बर्ष, 2 महिना अगाडि
- २१ चैत्र २०७५, बिहीबार
बेनी, २१ चैत । ‘सडकमै खाऔँ सडकमै रमाऔँ’ भन्ने मुल नाराका साथ पर्वतको सदरमुकाम कुस्मामा प्रथम सडक खाना महोत्सव आयोजना गरिएको छ । पर्वत जेसीजको आयोजनामा यही चैत ३० गतदेखि २०७६ साल बैशाख २ गते सम्म सडक खानो महोत्सव हुन लागेको हो । पर्वत जेसीजको आथिथ्यता र म्याग्दी जेसीजको आयोजनामा... पुरा पढ्नुहोस