विशेष

हीरक महोत्सवले गरायो जेठो हिमाल‘ अन्नपूर्ण प्रथम’को वास्तविक चिनारी

म्याग्दी , २३ जेठ । विश्वमा आठ हजार मिटर अग्ला हिमालहरुमध्ये सबैभन्दा पहिलो पटक मानव पाईला परेको ‘अन्नपूर्ण प्रथम’ हिमालको आफ्नो पहिचान र चिनारी ढिला गरी स्थापित भएको छ । सन् १९५० जुन ३ मा फान्सेली पर्वतारोही मौरिस हर्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम... पुरा पढ्नुहोस

डाडागाउँमा ‘एक घर, एक धारा’ खानेपानी बिस्तार

म्याग्दीको मालिका गाउँपालिका–३ मा रु एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई सय २५ घरपरिवार लाभान्वित भएका छन् । मालिका गाउँपालिको रु २४ लाख ८५ हजार ५९६ र नेपाल स्वास्थ्यको लागि पानी संस्था (नेवा)को रु ५६ लाख एक हजार ३६६ अनुदान तथा... पुरा पढ्नुहोस

अन्नपूर्ण आधार शिविरलाई खेलकुद मार्फत पर्यटन प्रवद्र्धन गरिने

म्याग्दी , २२ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरलाई खेलकुद पर्यटनसंग जोडिने भएको छ । अन्नपूर्ण हिमाल आरोहणको ७५ बर्ष पूरा भएको अवसरमा आयोजित अन्नपूर्ण हीरक महोत्सवमा पहिलो पटक आयोजित म्याराथन दौड प्रतियोगिताले आधार शिविर क्षेत्रमा खेलकुद पर्यटनको सम्भावना उजागर गरेको हो ।... पुरा पढ्नुहोस

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीको शालिक अनावरण (तस्बिर/भिडियाे)

म्याग्दी २१ जेठ । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–४ नारच्याङको अन्नपूूर्ण आधार शिविरमा अन्नपूूर्ण हिमालका प्रथम आरोहण टोलीको शालिक स्थापना भएको छ । अन्नपूर्ण हीरक महाेत्सवकाे अवसरमा   अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सका मौरिज हर्जोग, लुई लचेनल र प्रथम नेपाली आरोही सोनाम वालुङ शेर्पाको शालिक स्थापना गरी अनावरण गरिएकाे हाे । आठ हजार... पुरा पढ्नुहोस

अन्नपूर्ण आधार शिविरमा गुञ्जीयो ‘फ्रान्सेली संगीत’

म्याग्दी , २१ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पहिलो पटक ‘फ्रान्सेली संगीत’ गुञ्जीएको छ । अन्नपूर्ण प्रथम हिमाल (८०९१ मि) आरोहणको ७५ बर्ष पूरा भएको अवसरमा मंगलवार आयोजित ‘अन्नपूर्ण हीरक महोत्सव’को अवसरमा समुद्री सतहदेखि ४ हजार ५० मिटर उचाईमा रहेको आधार शिरिमा... पुरा पढ्नुहोस

अन्नपूर्ण आरोहणको हिरक महोत्सव शुरु

गणेश गुरुङ (सुरेन) नारच्याङ, १७ जेठ ः नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा हिरक महोत्सव शुरु भएको हो । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ देखि आधार शिविरसम्मको पदयात्रा टोलीलाई शनिबार साँझ पदमार्गको प्रवेशबिन्दु... पुरा पढ्नुहोस

विद्योदय आधारभूत विद्यालयको ६० औं वार्षिकोत्सव मनाइयो

  म्याग्दी । बेनी नगरपालिका १०, वाखेतको विद्योदय आधारभूत विद्यालयको ६० औं वार्षिकोत्सव विहिबाार सम्पन्न भएको छ । वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै बेनी नगरपालिक वडा नं १० का वडा अध्यक्ष मस्बीर रोकाले सामुदायिक विद्यालयको शाख जोगाउन शिक्षकहरु जिम्मेवार हुनुपर्ने बताउनु भयो । ‘सामुदायिक विद्यालयप्रति तलदेखि माथी सम्मै समस्या देखिएको छ... पुरा पढ्नुहोस

लोकगीत प्रतियोगितामा माउन्टका अनुप विजयी

  बेनी, १५ जेठ । बेनीमा बिहिबार सम्पन्न जिल्ला स्तरीय अन्तर मावि एकल लोक गायन प्रतियोगितामा बेनीको माउन्ट एभरेष्ट आवासीय माविका अनुप विश्वकर्मा बिजयी हुनुभएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा भएको प्रतियोगितामा ११ विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालयकी स्मृति विश्वकर्मा दोस्रो,... पुरा पढ्नुहोस

जिल्लास्तरीय अन्तरमावि लोकनृत्य प्रतियोगितामा प्रकाश मावि बिजयी

म्याग्दी  १५ जेठ । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न भएको २१ औँ जिल्ला स्तरीय अन्तर मा.वि. रनिङ्ग कप लोकनृत्य प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालय बिजयी भएको छ । म्याग्दी जेसीजको २७ औँ स्थापना दिवसको अवसरमा सञ्चालन भएको जेसीज सप्ताह २०८२ अन्तर्गत विहिवार आयोजित प्रतियोगितामा सदरमुकाम बेनीमा रहेको प्रकाश मा.वि.का विद्यार्थी कलाकारहरुको टोलीले... पुरा पढ्नुहोस

वैदेशिक रोजगार त्यागेर ‘घुम्तीगोठमा भेडापालन’ बाट आत्मनिर्भर

म्याग्दी , १५ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका– ७ चिमखोलाका युवा टिका पुन वैदेशिक रोजगार त्यागेर पुर्खाहरुको पेसा ‘घुम्तीगोठमा भेडापालन’ गरेर आत्मनिर्भर बन्नुभएको छ । रोजगारको शिलसिलामा कतारमा दुई बर्ष काम गरेपछि घर फर्कनुभएका ४१ बर्षिय पुनले आफ्नै गाउँमा भेडापालन गर्ने निधो गरेर कतारको रोजगारीलाई त्याग्नुभएको थियो । ‘‘ मरुभूमिको... पुरा पढ्नुहोस