पहिरोले पुरिएर बुबाको मृत्यु, छोरा वेपत्ता

  • २५ असार २०८२, बुधबार
  • 3 पटक पढिएको

म्याग्दी ,२५ असार । म्याग्दीको मालिका गाउँपालिका– ३ डाँडागाउँको लुक्सिपारमा पहिरोमा पुरिएर बुबाको मृत्यु भएको छ भने छोरा वेपत्ता भएका छन् । घर नजिकै खोलामा दाउरा लिन गएको समयमा माथिबाट खसेको पहिरोमा पुरिएर बर्ष ३५ का जगेन्द्र विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।


बुबासंगै गएका बर्ष १२ का सरोज विक पहिरोमा पुरिएर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरिक्षक सागर पौडेलले जानकारी दिनुभयो । अहिले वेपत्ता सरोजलाई स्थानीयबासीले पहिरो गएको ठाउँमा खोजी गरिरहेका छन् । घटना लगत्तै इलाका प्रहरी कार्याल दरबाङबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको जनाईएको छ ।
लुक्सीपार खोलामा दाउरा लिन गएको समयमा माथिबाट पहिरो खसेर दुबै जनालाई पुरेको मालिका गाउँपालिका– ३ का वडा सदस्य कुलबहादुर बुढाले जानकारी दिनुभयो । बाढी र पहिरोको कारण लुक्सीपार जाने अधिभारा देखि डाँडागाउँ जोड्ने सडक अबरुद्ध । अधिभारादेखि घटनास्थल पुग्न करिब ३ घण्टा पैदलयात्रा गर्नुपर्छ ।