म्याग्दी समाचार
माओबादी केन्द्र अन्नपुर्ण ६ घारको अध्यक्षमा बरुवाल
- 8 बर्ष, 1 महिना अगाडि
- ७ बैशाख २०७४, बिहीबार
म्याग्दी,७ बैशाख । नेकपा माओवादी केन्द्रले म्याग्दीमा संठगन विस्तारलाई तिव्रता दिएको छ। संगठन विस्तार अन्तर्गत अन्नपुृर्ण गाउँपालिकाको स्थानीय चुनावी अभियानलाई तिव्रता दिनलाई वडा ६ मा विहिबार वडा सम्मेलन गरेको छ । सम्मेलनले घनबहादुर बरुवालको अध्यक्षतामा २४ सदस्य नयाँ कमिटि चयन गरेको छ । कमिटिको उपाध्यक्षमा नानीमाया बरुवाल, सचिवमा सामना बरुवाल,... पुरा पढ्नुहोस
बागलुङको जैदीमा मोटर पुगेपछि बाजागाजा सहित नाचगान
- 8 बर्ष, 1 महिना अगाडि
- ७ बैशाख २०७४, बिहीबार
बागलुङ, ७ वैशाख । ‘यस्तो भिरपाखामा मोटर आउला भन्ने सोँचेका थिएनौँ’, जैमिनी नगरपालिका–७ जैदी, बोरका ७५ वर्षीय नैनसिंह रानाले भने, ‘बुढ्यौलीमा विकास देख्न पाइयो ।’ विकासबाट वञ्चित बोर गाउँ सडकसँग जोडिएपछि गाउँभरि खुसी छाएको छ । मङ्गलबार बोर पुगेका जिप, ट्र्याक्टर, मोटरसाइकलाई गाउँलेले बाजागाजासहित स्वागत गरे । गाउँमा मोटर आएको... पुरा पढ्नुहोस
सम्भावनाहरुको खोजी गरी लगानी बढाऔँः महासंघका उपाध्यक्ष ढकाल
- 8 बर्ष, 1 महिना अगाडि
- ७ बैशाख २०७४, बिहीबार
म्याग्दी, ६ वैशाख । नेपाल उद्योग बाणिज्य महासंघका नवनिर्वाचित उपाध्यक्ष चन्द्रप्रसाद ढकालले समृद्धिको लागि सम्भावनाहरुको खोजी गरि लगानी बढाउनुपर्ने बताउनुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघले विहिवार बेनीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै महासंघका एसोसियर्ट तर्फका उपाध्यक्ष ढकालले सम्भावनाहरुको खोजी र पहिचान गरि लगानी बढाउन सकेमा मात्रै त्यसले... पुरा पढ्नुहोस
म्याग्दीमा उम्मेदवार सिफारिस धमाधम
- 8 बर्ष, 1 महिना अगाडि
- ६ बैशाख २०७४, बुधबार
म्याग्दी, ६ बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीका राजनीतिक दलले उम्मेदवार छनोट र सिफारिस कार्यलाई तीव्र बनाएका छन् । नेपाली काँग्रेस बेनी नगर समितिको मङ्गलबार बसेको बैठकले नगरपालिकाको प्रमुख पदको उम्मेदवारका लागि नेत्रबहादुर महत, क्याप्टेन मीनबहादुर कार्की र हरिकुमार श्रेष्ठको नाम सिफारिस गर्ने निर्णय गरेको छ । उपप्रमुखका... पुरा पढ्नुहोस
म्याग्दीका दलहरु उम्मेदवार छनौटको गृहकार्यमा व्यस्त
- 8 बर्ष, 1 महिना अगाडि
- ५ बैशाख २०७४, मंगलवार
म्याग्दी, ५ बैशाख । बैशाख ३१ गते हुने स्थानीय निर्वाचनको लागि म्याग्दीका राजनीतिक दलहरुले उम्मेदवार छनौटको गृहकार्यलाई अगाड बढाएका छन् । निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्नका लागि जिल्लामा क्रियाशिल राजनीतिक दलहरुले चुनाब प्रचार अभियान चलाएका छन् । नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र) सहित राप्रपा लगायतका राजनीतिक दलहरुले जिल्लाको... पुरा पढ्नुहोस
पुलाडाँडामा एमालेको चुनाव प्रचार समिति
- 8 बर्ष, 1 महिना अगाडि
- ५ बैशाख २०७४, मंगलवार
म्याग्दी, ५ वैशाख । निर्वाचन अभियानअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–५ पुलाडाँडामा नेकपा एमालेको सोमबार चुनाव प्रचार समिति गठन भएको छ । भेलाले कमला बानियाँ संयोजक, सुनिता बानियाँ उपसंयोजक, पशुपति बानियाँ सचिव र ईन्दिरा जिसी सहसचिव रहेको ११ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यहरुमा सीता बानियाँ, जुना बानियाँ, मीना बानियाँ,... पुरा पढ्नुहोस
म्याग्दीका भुजेलले काठमाण्डौमा खोले सुनचाँदी देखि हिराको गहना पसल
- 8 बर्ष, 1 महिना अगाडि
- ४ बैशाख २०७४, सोमबार
म्याग्दी, ४ वैशाख । म्याग्दीका एक युवा व्यवसायिले काठमाण्डौको गणेशथानमा हिराको गहना पसल सुरु गर्नुभएको छ । विगत १२ बर्षदेखि टोखा नगरपालिका–३ गणेशस्थानमा म्याग्दी धौलागिरी सुनचाँदी गहना पसल सञ्चालन गरेका राजन भुजेलले सोमबारदेखि हिराको गरगहना समेत बनाउन सुरु गर्नुभएको हो । हिराको समेत गरगहना विक्रि गर्न थालेपछि उहाँले आफ्नो पसललाई... पुरा पढ्नुहोस
नेप्टेचौरका बासिन्दाद्धारा सडकमा अवरोध
- 8 बर्ष, 1 महिना अगाडि
- ४ बैशाख २०७४, सोमबार
म्याग्दी, ४ वैशाख । बेनी नगरपालीका ९ नेप्टेचौरका बासिन्दाहरुले बेनी–पाखापानी सडकको नेप्टेचौर खण्डमा सडक अवरुद्ध पारेका छन् । निर्माणाधिन बेनी पाखापानी सडक आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले बिच सडकमा माटो थुपारेर सडकमा आवत जावत बन्द गराएका हुन् । आयोजनाको काम गर्दा जोखिममा परेको स्थानीय राष्ट्रिय मावि परिसरको पर्खालको मर्मत, नालीको भल... पुरा पढ्नुहोस
माओवादी केन्द्रले बैशाख ९ गते उमेद्वार सार्वजनीक गर्ने
- 8 बर्ष, 1 महिना अगाडि
- ४ बैशाख २०७४, सोमबार
म्याग्दी ४ बेशाख । नेकपा माओवादी केन्द्र म्याग्दीले आगामी ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनका उमेद्वार बैशाख ९ गते सार्वजनीक गर्ने भएको छ । बेनीमा सोमबार बसेको जिल्ला कार्यालय सदस्यहरुको बैठकले बैशाख ९ गते केन्द्रिय कार्यक्रम अनुसार बेनी नगरपालीकाको प्रमुख, उपप्रमुख र ४ गाउँपालीकाको अध्यक्ष, उपाध्यक्षसंगै वडा अध्यक्ष र... पुरा पढ्नुहोस
बहराइनमा रहेका म्याग्देलीबाट शान्ति कोषलाई ११ लाख
- 8 बर्ष, 1 महिना अगाडि
- ४ बैशाख २०७४, सोमबार
म्याग्दी ४ बैशाख । बहराइनमा रहेका म्याग्देलीले जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको सहयोग अभियानमा ११ लाख रुपैया सहयोग गरेका छन् । म्याग्दी उद्धार समितिको विशेष कार्यक्रममा सहभागी हुन कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी, अध्यक्ष राजेश शाक्य र सचिव लोकेश पुनको टोली बहराइन पुगेको थियो । सोही टोलीलाई बहराइनमा रहेका... पुरा पढ्नुहोस