रिखारमा खानेपानी पु¥याउन रिहगाद सहकारीको सहयोग
- १० श्रावण २०७४, मंगलवार
- 2415 पटक पढिएको
म्याग्दी, १० साउन । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल रिखारमा खानेपानीको सुविधा पु¥याउन बेनीस्थित रिहगाद बहुउद्देश्यीय सहकारी संस्थाले पाइप सहयोग गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्व बहन कार्यक्रम अन्र्तगत धार्मिकस्थलमा पुग्ने धार्मिक पर्यटक र भक्तजनको सहजताका लागि ३० हजार रुपैयाँ बराबरको ३ क्वायल पाइप सहयोग गरिएको हो ।
पवित्र धार्मिकस्थलमा पुग्ने भक्तजनलाई खानेपानीको अभाव रहेको जानकारी पाएपछि संस्थाले तत्काललाई पाइप सहयोग गरिएको संस्थाका अध्यक्ष गमान छन्त्यालले जानकारी दिए । ‘हामीले आगामी दिनमा यस क्षेत्रको विकासका लागि निरन्तर सहयोग गर्ने योजना बनाएका छौँ’, उनले भने, ‘पाइप भएपछि रिखार क्षेत्र विकास कोषले श्रमदान गरेर खानेपानीको व्यवस्था गर्नेछ ।’ सप्तऋर्षिहरुको तपस्यास्थलको रुपमा परिचित रिखारमा जनैपूर्णिमाका दिन म्याग्दी लगायत आसपासका क्षेत्रबाट भक्तजनहरु त्यहाँ पुग्ने गर्दछन् । रिखारमा पुजापाठ र दर्शन गरे आफ्नो भित्रि मनोकाँक्षा पूरा हुने धार्मिक जनविश्वास रहि आएको छ ।