प्राथमिक तहका बालबालिकालाई लक्षित कार्यक्रमलाई सफल बनाउने जनप्रतिनिधिको प्रतिबद्धता

  • १० श्रावण २०७४, मंगलवार
  • 1431 पटक पढिएको

म्याग्दी, १० साउन । म्याग्दी जिल्लामा सञ्चालित प्रारम्भिक सिकाई र पढाई परियोजनाद्धारा कार्यक्रमका बारेमा जानप्रतिधिलिाई जानकारी गराएको छ । प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन (एनजिडिएफ)ले ब्यवस्थापनमा म्याग्दी जिल्लामा सञ्चालित जनप्रतिनिधिलाई कार्यक्रमका प्राथमिक तहका बालबालिकालाई लक्षित गरिएका कार्यक्रम प्रभावकारी बनाउने जनप्रतिनिधिले प्रतिबद्धता जनाएका थिए ।

एकबर्ष अगाडी देखी म्याग्दी जिल्लामा सञ्चालित कार्यक्रमका बारेमा जानकारी तथा आगामी बर्ष थप हुने विद्यालय लगाएतका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा परियोजना मार्फत भौतिक मर्मत, कक्षा कोठा ब्यवस्थापनका साथै विद्यार्थी केन्द्रित गतिविधिका बारेमा परियोजना मार्फत जानकारी गराइएको थियो ।

कार्यक्रममा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, रघुगंगा गाउँपालिकाका प्रमुख भब बहादुर भण्डारी, धौलागिरि गाउँपालिकाकी प्रमुख थमसरा पुन, मालिका गाउँपालिकाकी उपप्रमुख खरमायाँ विटालु,जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक विश्वप्रकाश रेग्मी, धौलागिरि र मंगला गाउँपालिकका कार्यकारी अधिकृत क्रमश कृष्णप्रसाद गौतम, विष्णुप्रसाद पौडेललगाएतको उपस्थिती रहेको थियो ।

सोही अवसरमा प्लान नेपालकी परियोजना अधिकृत जानुका घिमिरे, कमला उप्रेती, एनजिडिएफका कार्यक्रम संयोजक नविन पन्त लगाएले आफ्नो भनाई राखेका थिए । बेनी नगरपालिका, मंगला, मालिका, धौलागिरि, रघुगंगा र अन्नपूर्ण गाँउपालिकाका २५ वटा विद्यालयमा परियोजना लागु भएको छ। कार्यक्रमको स्वागत एनजिडिएफकी कार्यसमिति सदस्य जमुना आचार्य र सञ्चालन लाल पुर्जाले गरेका थिए ।