म्याग्दी समाचार
बाबियाचौरमा प्रहरीको अन्तरक्रिया
- 6 बर्ष, 3 महिना अगाडि
- ५ चैत्र २०७५, मंगलवार
बाबियाचौर ५ चैत । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत मंगलबार मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सुरक्षा अधिकारी, जनप्रतिनिधि र समुदायबीच अन्तरक्रिया भएको छ ।समाजमा अपराध रोकथाम, सामाजिक विकृति विरुद्ध जनचेतना फैलाउन, सामाजिक सुरक्षालाई अभिवृद्धि गर्ने उद्देश्यले स्थानीय तह, समुदाय, सामाजिक संघ संस्था र विद्यालयबीच साझेदारी गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो । कार्यक्रममा... पुरा पढ्नुहोस
फागु पूर्णिमाको अवसरमा तारो हान्ने खेल सुरु
- 6 बर्ष, 3 महिना अगाडि
- ५ चैत्र २०७५, मंगलवार
बेनी ५ चैत । अल्पसंख्यक थकाली समुदायले महत्वका साथ मनाउन तोरन ल्ह (फागु पूर्णीमा) पर्व मंगलबारदेखि सुरु भएको छ ।थकाली समुदायले फागु पुर्णीमाको अवसरमा हरेक वर्ष तीन दिनसम्म धुमधामका साथ मनाउने तोरन ल्ह पर्वको अवसरमा परम्परागत तारो हान्ने खेलको संरक्षणका लागि बेनीमा तारोखेल सुरु भएको छ । थकाली सेवा समिति... पुरा पढ्नुहोस
विद्यालयलाई जग्गा दान
- 6 बर्ष, 3 महिना अगाडि
- ५ चैत्र २०७५, मंगलवार
सेते तिलीजा शिख ५ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ मा रहेको शिख माविलाई स्थानीयबासीले बीस रोपनी भन्दा बढी जग्गा उपलब्ध गराएका छन् । विद्यालयको भवन र खेलमैदान लगायत पूर्वाधार निर्माणका लागि स्थानीय नौ जनाले यसअघिनै उपलब्ध गराएको जग्गा आधिकारिक रुपमा विद्यालयको नाममा रजिस्ट्रेशन गरिएको छ । पेशबहादुर पाइजाले छ... पुरा पढ्नुहोस
मराङको ठूलो खोलामा झोलुङ्गे पुल निर्माण सुरु
- 6 बर्ष, 3 महिना अगाडि
- ५ चैत्र २०७५, मंगलवार
तेजिन्द्र पुन मराङ ५ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङको बेशी स्थित ठूलोखोलामा झोलुङ्गे पुल निर्माण सुरु भएको छ । टिबीएसयुको प्राबिधिक सहयोगमा धवलागिरी गाउँपालिकाले उपभोक्ता समिति मार्फत झोलुङ्गे पुल निर्माण सुरु गरेको हो । ५६ मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि उपभोक्ता समितिले जग खन्ने काम सुरु... पुरा पढ्नुहोस
घारमा हेलीप्याड निर्माण
- 6 बर्ष, 3 महिना अगाडि
- ४ चैत्र २०७५, सोमबार
सन्तोष गौतम बेनी ४ चैत । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा हेलिप्याड निर्माण भएको छ । अत्यावश्यक समयमा उद्धार र विपद् व्यवस्थापनका लागि हेलीकप्टर अवतरणको लागि नेपाली सेनाको श्रीबक्स गुल्मको प्राबिधिक सहयोगमा गाउँपालिकाले हेलिप्याड बनाएको हो । वडा कार्यालय परिसरमा स्थानीय दिपक बरुवालले उपलब्ध... पुरा पढ्नुहोस
तोकिएको समयमा हतियार बुझाउनेलाई कारबाही नहुने
- 6 बर्ष, 3 महिना अगाडि
- ४ चैत्र २०७५, सोमबार
बेनी ४ चैत । जिल्ला प्रशासन कार्यालय म्याग्दीले इजात पत्र नलिएको, नविकरण नभएको र स्वामीत्व हस्तान्तरण नभएका हातहतियार बुझाउन अपिल गरेको छ । प्रशासनले सोमबार एक सूचना जारी गरेर २०७६ बैशाख ५ गतेभित्र कानुनी हिसाबले अबैध हतियार बुझाए हतियार तथा खरखरजा राखेकै कारणले कारबाही नहुने जनाएको छ । मन्त्री परिषद्को... पुरा पढ्नुहोस
म्याग्दीका ३१ विद्यार्थी एसइईबाट बञ्चित
- 6 बर्ष, 3 महिना अगाडि
- ४ चैत्र २०७५, सोमबार
म्याग्दी ४ चैत । म्याग्दीका ३१ जना विद्यार्थीहरु आगामी हप्तादेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परिक्षा (एसइई)मा सहभागि हुनबाट बञ्चित भएका छन् । ७५ प्रतिशत हाँजिरी नपुगेका कारण परिक्षाका लागि आवेदन फारम भरेका मध्य ३१ जना सहभागि हुनका लागि अयोग्य भएका जिल्ला शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ... पुरा पढ्नुहोस
दहताल संरक्षणमा स्थानीय जागरुक
- 6 बर्ष, 3 महिना अगाडि
- ४ चैत्र २०७५, सोमबार
म्याग्दी, ४ चैत । म्याग्दीको मंगला गाउँपालिका– ३ बंरजामा रहेको दहताल संरक्षणमा स्थानीय जागरुक देखिएका छन् । नजिक मन्दिर वरिपरि पानी विचमा एतिहासिक धार्मिक चौतारो रहेको तालमा विचमा बाह्रमासे पानीको मुलले बनेको दहतालाई अस्तित्व जोगाउन स्थानीय जागरुक भएका हुन् । ग्रामिण भेगमा खेतिकिसानी गर्ने कृषकहरुको बाली लगाउने समयमा पानी नपरेपछि,... पुरा पढ्नुहोस
बनौलाई आलुको मुख्य क्षेत्र घोषणा
- 6 बर्ष, 3 महिना अगाडि
- ४ चैत्र २०७५, सोमबार
लक्ष्मीप्रसाद सापकोटा पर्वत, ४ चैत । पर्वत जिल्लामै अत्यधिक आलु उत्पादन हुने क्षेत्रका रूपमा परिचित जलजला गाउँपालिका–९ बनौंलाई आलुको ब्लक क्षेत्र घोषणा गरिएको छ । आलुको उत्पादन र क्षेत्र विस्तार गर्दै किसानको आयआर्जन बढाउने उद्देश्यले गाउँपालिकाको सिफारिसमा कृषि ज्ञानकेन्द्र पर्वतले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासँगको सहकार्यमा ब्लक घोषणा गरेको हो ।... पुरा पढ्नुहोस
सडकमै सवारी चालकको स्वास्थ्य परिक्षण
- 6 बर्ष, 3 महिना अगाडि
- ३ चैत्र २०७५, आईतवार
बेनी ३ चैत । बेनी नगरपालिका ९ गलेश्वरमा आइतबार सवारी चालकहरुको सडकमै स्वास्थ्य परिक्षण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले बेनी अस्पतालको प्राबिधिक सहयोगमा सवारी चालकहरुको रक्तचाप र आँखा जाँच गरेको हो । दिउँसो ११ देखि २ बजेसम्म ६५ जना चालकहरुको स्वास्थ्य परिक्षण गरिएको ट्राफिक प्रहरी बैकुण्ठ पौडेलले बताउनुभयो... पुरा पढ्नुहोस