वेष्ट पोइन्ट कलेजमा रक्तदान कार्यक्रम

  • ३१ जेष्ठ २०७६, शुक्रबार
  • 1634 पटक पढिएको


बेनी,३१ जेठ । वेष्ट पोइन्ट कलेज बेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्व रक्तदाता दिवस जुन १४ को अवसरमा सो कार्यक्रम सम्पन्न भएको हो । कलेजमा गठित इनफुलेन्स ब्याजलर क्लबले कार्यक्रम आयोजनामा गरेकोे हो । रक्तदान कार्यक्रममा १८ जनाले रगत दान गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला साखा म्याग्दीका सभापति लेख बहादुर हमालले ब्लड पाउच हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गर्नु भएको हो । उनले रक्त दान भनेको जीवन दान हो यस्तो महान कार्यलाई सबैले निरन्तरता दिनुपर्छ बताउदै वेष्ट पोइन्ट कलेजमाँ गठित क्लबले राम्रो कामको सुरुवात गरेको बताए ।
सो कार्यक्तममा सभापति हमाल, रक्त संचार केन्द्र म्याग्दीका संयोजक सुरत केसी उपस्थित भएको थियो । शिक्षक अभिभाबक संघ, संस्थापक निर्देशकहरु र क्लबका पुर्व अध्यक्ष पुर्व विद्यार्थीहरु समेतको उपस्थिति रहेको कार्यक्रम क्लबकका सचिव कृष्ण विश्वकर्माको संचालन सदस्य सृष्टि पाइजाको स्वागत र क्लबका अध्यक्ष दिनेशकुमार विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।