म्याग्दी सहकारीको १३ औँ स्थापना दिवसको अवसरमा एटिएम सेवा थप गर्ने घोषणा

  • ३१ जेष्ठ २०७६, शुक्रबार
  • 2331 पटक पढिएको

म्याग्दी ३१ जेठ । काठमाण्डौमा सञ्चालित म्याग्दी बचत तथा ऋण सहकारी संस्थाले एटिएम सेवा थप गर्ने घोषणा गरेको छ । सहकारीको १३ औँ स्थापना दिवसको अवसरमा सहकारीले सेवाग्राहीलाई सरल तवरले आर्थिक कारोवारको सेवा उपलब्ध गराउन एटिएम सेवा थप गर्ने घोषणा गरेको हो ।

स्थापना दिवसको अवसरमा सहकारीका अध्यक्ष थदेवी पुन र प्रवन्ध सञ्चालक एवम सचिब दिपबहादुर छन्त्यालद्धारा जारी गरिएको जानकारी मुलक सन्देशमा आगामी बर्षदेखि शेयर सदस्यहरुलाई विद्यूतिय वित्तिय सुविधा उपलब्ध गराउन एटिएम सेवा थप गर्ने जानकारी गराईएको छ ।

म्याग्दीका ६ वटा स्थानीय तहका ४५ वटै वडाका १ हजार ५ सय ३८ जना सर्वसाधारणको शेयर लगानी रहेको यस सहकारीले जिल्लामा विभिन्न सामाजिक कार्यहरु समेत गर्दै आएको छ ।