जनप्रतिनिधि र कर्मचारीलाई मेलमिलाप सम्वन्धि तालिम

  • ३१ जेष्ठ २०७६, शुक्रबार
  • 2330 पटक पढिएको

म्याग्दी, ३१ जेठ । मंगला गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका लागि ५ दिने मेलमिलाप सम्वन्धि तालिम दिएको छ। मंगला गाउँपालिकाले जेठ २७ गते देखि ३१ गतेसम्म मेलमिलाप सम्वन्धि तालिम आयोजना गरेको हो ।


जनप्रतिनिधि र कर्मचारीहरुमा मेलमिलाप सम्वन्धि क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम संचालन गरिएको हो । ५ दिनसम्म संचालन भएको तालिममा मेलमिलाप सम्वन्धि पुर्न ताजगि
गरिएको उपाध्यक्ष सिर्जना केसीले बताईन ।


उपाध्यक्ष केसीको अध्यक्षता भएको समापन कार्यक्तममा गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाको प्रमुख आथिथ्यता, प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद गौतमको आथिथ्यता रहेको थियो ।

महिला विकास निरिक्षक डम्मरा पुनको संचालनमा भएको तालिम समापन कार्यक्रममा कार्यपालिका सदस्य दिलमाया विक, गाउँसभा सदस्य चन्द्रदत्त सापकोटा र प्रशिक्षक ममता देवी शर्माले मन्तव्य ब्यक्त गरेका थिए । ४ दिनसम्म संचालन गरिएको तालिममा ३३ जनाको सहभागिता रहको थियो ।