म्याग्दी समाचार

बेनी– काठमाण्डौ अतिस्तरीय यातायात थप सेवा सुरु

बेनी, २१ कात्तिक । म्याग्दी कोरला यातयात प्रा.लि.ले बेनी देखि काठमाण्डौ सम्मको अतिस्तरीय यातयात सेवा थप विस्तार गरेको छ । बेनी काठमाण्डौ रुटमा अत्याधुनीक सुबिधा सहितको दुईओटा सुपर डिलक्स बस सेवा प्रा.लि.ले बुधबार देखि सेवा विस्तार गरेको हो । सर्वसाधारण नागरिक संगै पर्यटक र यात्रुहरुलाई स्तरीय यातयात सेवाको पहुँच पु¥याउने... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको फाेहोर सडकमै : पर्यटक र यात्रुलाई सकस (फोटो कथा)

  बेनी २१ कात्तिक । म्याग्दी भ्रमण बर्ष २०७५ मनाईरहेको बेला बेनी–गलेश्वर सडक खण्ड अन्र्तगत बेनपा–६ रातो पहिरोमा सडकमै फालिएको फोहोरले भने पर्यटक र यात्रुहरुलाई सकस भएको छ । बेनी बजार आसपासको फोहोर व्यवस्थापन गर्दै आएको बेनी नगरपालिकाले रातोपहिरो स्थित कालिगण्डकी नदी किनारमा फोहोर व्यवस्थापन गर्दै आएको छ । पुरानो... पुरा पढ्नुहोस

तिहारको सुरुवातसंगै म्याग्दीमा देउसी भैलोको रौनक

म्याग्दी, २१ कात्तिक । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएसँगै म्याग्दीको शहरदेखि गाउँबस्ती सम्म देउसी भैलोको रौनक बढेको छ । तिहारको अवसरमा परम्परागत संस्कृतिको संरक्षण र निरन्तरता संगै विभिन्न उदेश्यहरु राखेर यतिशेला बेनीसंगै ग्रामीण भेगसम्म पनि देउसी भैलोले रौनक छाएको हो । म्याग्दीमा सामुदायिक विद्यालयहरुले विद्यालयको हसयोगार्थ देउसी... पुरा पढ्नुहोस

बेगका उपभोक्तालाई अनुशिक्षण

बेनी २१ कार्तिक । रघुगंगा गाउँपालिका १ बेगमा उपभोक्ता समितिका पदाधिकारी र सरोकारवालाहरुका लागि मंगलबार योजना सञ्चालन तथा ब्यवस्थापनका लागि अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।गाउँपालिकाले चालू आर्थिक वर्षमा बजेट बिनियोजन गरेका योजना तथा कार्यक्रमको पारदर्शी, व्यवस्थित, जनसहभागिता र ब्यवस्थित रुपमा कार्यान्वयनका लागि वडामा गठन भएका उपभोक्ता समितिका अध्यक्ष, सचिव,... पुरा पढ्नुहोस

मखमली फूल र झिलिमिलिले सजिएकाे तिहार

म्याग्दी, २० कात्तिक । तिहार फूलैफूलको पर्व हो । त्यतिमात्र होइन गाउँदेखि शहरका घर, पसल वा कार्यालयपनि फूलहरु र भिलिमिलि बत्तिले तिहारको संकेत गर्दछन । काग, कुकुर, लक्ष्मी, गाईपुजा हुदै भाईटिका सम्म फूलहरुको प्रयोगले तिहारको महत्व झल्किन्छ । फूलको चाड भनेर चिनिने तिहारमा गोदावरी, सयपत्री र मखमली फूलको अत्याधिक प्रयोग... पुरा पढ्नुहोस

गुर्जामा सामुदायिक तातोपानी स्नान गृह निर्माण

म्याग्दी, २० कात्तिक । म्याग्दीको धौलागिरि गाउँपालिका– १ गुर्जा सामुदायिक स्नान गृह निर्माण गरिएको छ । स्थानीयबासी र आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर तातोपानीबाट नुहाउने सामुदायिक स्नान गृह निर्माण गरिएको हो । १३ लाख रुपैया लागतमा ब्यवस्थित तातोपानी स्नान गृहको उद्घाटन प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाले गरेका हुन् । सो... पुरा पढ्नुहोस

गोठकाे जिवन : ‘कुकुरले गर्छन गोठ र गोठालाको सुरक्षा’ (फोटो कथा)

म्याग्दी, २० कात्तिक । रघुगंगा गाउँपालिका–८ दुवाडीका डालचन्द विश्वकर्माको दैनिकी धौलागिरि हिमालको फेदी नजीक रहेका खर्कहरुमा बित्ने गर्छ । व्यवसायिक रुपमा भेडाबाख्रा पालन गर्दै आएका २१ बर्षका विश्वकर्माको साथि कुकुर हो । भेडाबाख्रा र आफ्नो सुरक्षाको लागि उनले २ वटा ‘भोटे कुकुर’ पालेका छन् । जंगली जनावरको आक्रमणबाट बचाउन कुकुरको... पुरा पढ्नुहोस

तातोपानीले जलेका कुमालकाे उपचारमा झिल्केको पहलमा संकलित रकम हस्तान्तरण

गत साउन ५ गते ताताेपानीले जलेर गुल्मी अस्पतालमा पिडाले छट्पटीएकाे ४ बर्षिय उमेश कुमालकाे परिवारमा अार्थिक अबस्था कमजोर भए पछि परिवारबाट छाेराेकाे ज्यान बचाइदिन परिवारबाट सहयोग अपिल गरिएकाे हाे । पिडित बालक पिडाले छट्पटिएकाे भिडियाे फेसबुकमा देखेपछि । राेजगारीकाे शिलशिलामा मलेसियामा कार्यरत अाशिष परियार- झिल्केले "उमेश कुमाल बचाउ अभियान" फेसबुकबाटै... पुरा पढ्नुहोस

दुबै हात नचल्ने र खुट्टाले पनि काम नगर्ने चन्द्रवहादुर दर्जीको व्यथा

सानैमा दायाँ हात र खुट्टाले काम नगरेपछि म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोट फापरखेतका चन्द्रवहादुर दर्जी बायाँ हात र वायाँ खुट्टाको भरमा सकीनसकी ज्याला मजदुरी गरेर आफू सहित परिवारको गुजारा चलाउने गर्दथे । तर, विडम्वना केही दिन अघि पशु स्याहार गर्ने क्रममा गोठमा लडेर बायाँ हात पनि नचल्ने भएपछि दर्जीको विचल्ली... पुरा पढ्नुहोस

डेंगु रोग फैलन नदिन म्याग्दीमा सतर्कता

म्याग्दी, १९ कात्तिक । पोखरा आसपासमा फैलिएको डेंगु रोग फैलन नदिन म्याग्दीमा सतर्कता अपनाइएको छ । लामखुट्टेको टोकाईबाट सर्ने यस रोगबाट बच्नका लागि सरोकारवालाई जानकारी गराउन बेनी अस्पताल र स्थानीय तहका स्वास्थ्थ संयोजकलाई सोमबार रोग सम्वन्धी अभिमुखिकरण गरिएको हो । तराई क्षेत्र हुदै पहाडमा डेंगु रोग देखिन थालेपछि सामाजिक विकास... पुरा पढ्नुहोस