म्याग्दी समाचार
म्याग्दी नदीमा दुइ वटा मोटर चल्ने पुल निर्माण सुरु (फाेटाे फिचर)
- 6 बर्ष, 3 महिना अगाडि
- ३ चैत्र २०७५, आईतवार
म्याग्दी ३ चैत । म्याग्दीको मंगला गाउँपालिकाको बाबियाचौर र अर्मन जोड्ने मोटरेबल (गाडी गुड्ने) पुल निर्माण सुरु भएको छ । सडक डिभिजन कार्यालय बागलुङले मंगला गाउँपालिका २ बाबियाचौरको माटेबगर र वडा न. ५ अर्मनको मसानघाट जोड्ने पक्कि मोटरेबल पुल बनाउन लागेको हो । त्यसैगरि सडक डिभिजनले बेनी नगरपालिका ४ फापरखेत देखि... पुरा पढ्नुहोस
बेनी पिस सिटीद्धारा महेन्द्ररत्न माविमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृति र शैक्षिक सामाग्री वितरण
- 6 बर्ष, 3 महिना अगाडि
- ३ चैत्र २०७५, आईतवार
म्याग्दी, ३ चैत । लायन्स क्लव अफ बेनी पिस सिटिद्धारा मंगला गाउँपालिका– ३ स्थित बरंजामा रहेको महेन्द्ररत्न माविमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृति एवम् शैक्षिक सामाग्री वितरण गरेको छ । क्लवको ‘एक सदस्य एक विद्यार्थी’ अविभावकत्व ग्रहण कार्यक्तम अन्तगर्त शनिवार महेन्द्ररत्न माविमा आयोजित कार्यक्तममा सो छात्रवृति तथा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो... पुरा पढ्नुहोस
झाँक्रेपानीमा पर्यटन प्रर्वद्धन कार्यक्रम
- 6 बर्ष, 3 महिना अगाडि
- ३ चैत्र २०७५, आईतवार
बरंजा २ चैत । लायन्स क्लव अफ बेनी पिस सिटीले शनिबार मंगला गाउँपालिकाको पर्यटकीय स्थल झाँक्रेपानीमा पर्यटन प्रर्वद्धन कार्यक्रम गरेको छ । म्याग्दी उद्योग वाणिज्य संघको अगुवाइमा सञ्चालित भ्रमण वर्ष २०७५ अन्तरगत ओझेलमा परेको झाँक्रेपानीको प्रचारप्रसारका लागि क्लवले सरोकारवालाहरुलाई भ्रमण र अन्तरक्रिया गरेको हो । म्याग्दी उद्योग वाणिज्य संघका पदाधीकारी,... पुरा पढ्नुहोस
रत्नेचौरमा प्रहरीको अन्तरक्रिया
- 6 बर्ष, 3 महिना अगाडि
- ३ चैत्र २०७५, आईतवार
बेनी २ चैत । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत शनिबार बेनी नगरपालिका १ रत्नेचौरमा सुरक्षा अधिकारी, जनप्रतिनिधि र समुदायबीच अन्तरक्रिया भएको छ । समाजमा अपराध रोकथाम, सामाजिक विकृति विरुद्ध जनचेतना फैलाउन, सामाजिक सुरक्षालाई अभिवृद्धि गर्ने उद्देश्यले स्थानीय तह, समुदाय, सामाजिक संघ संस्था र विद्यालयबीच साझेदारी गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।... पुरा पढ्नुहोस
थकाली सेवा समिति दरवाङ क्षेत्रमा नयाँ नेतृत्व
- 6 बर्ष, 3 महिना अगाडि
- ३ चैत्र २०७५, आईतवार
बेनी २ चैत । थकाली सेवा समिति दरवाङ क्षेत्रको शनिबार रातोढुङ्गामा सम्पन्न दसौ अधिवेशनबाट बिनोद भट्टचनको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा नरबहादुर शेरचन, सचिवमा धनबहादुर भट्टचन, सहसचिवमा दलप्रसाद शेरचन, कोषाध्यक्षमा बलबहादुर भट्टचन निर्वाचित हुनुभएको छ । सदस्यहरुमा गजेन्द्र तुलाचन, कुलबहादुर तुलाचन, छेमेन्द्र शेरचन, गोविन्द शेरचन,... पुरा पढ्नुहोस
म्याग्दीका शिशिर फेवातालमा मृत भेटिए
- 6 बर्ष, 3 महिना अगाडि
- ३ चैत्र २०७५, आईतवार
पोखरा । गण्डकी मेडिकल कलेज पोखरामा अध्ययनरत म्याग्दीका शिशिर केसी फेवातालमा मृत भेटिएका छन् । बेनी वडा नंं ८ घर भई जीएमसीमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत २२ वर्षीय शिशिर शनिबार बिहान फेवातालमा मृत भेटिएका हुन् । वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक कोमल शाहले प्रारम्भिक अनुसन्धानमा शिशिरले आफ्नो... पुरा पढ्नुहोस
म्याग्दी नदीमा वेपत्ता किशोरको सब फेला
- 6 बर्ष, 3 महिना अगाडि
- २ चैत्र २०७५, शनिबार
बेनी २ चैत । बेनी स्थित म्याग्दी नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका एक किशोरको चार दिनपछि सव फेला परेको छ । गत बुधवार म्याग्दी नदीमा पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका अन्नपूर्ण गाउँपालिका ८ राम्चे काफलडाँडा घर भई हाल बेनी नगरपालिका ७ मंगलाघाटमा बस्दै आएका १५ वर्षका हेमचन्द्र... पुरा पढ्नुहोस
म्याग्दी सहकारीले दियो महिला सदस्यहरुलाई प्रशिक्षण
- 6 बर्ष, 3 महिना अगाडि
- २ चैत्र २०७५, शनिबार
म्याग्दी २ चैत । म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि. स्थापनाको १२ औं वर्ष प्रवेश गरेको अवसरमा संस्थाको महिला उपसमितिको आयोजनमा सहकारीमा महिलाको नेतृत्व विकास तथा क्षमता अभिबृद्धि सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम शनिवार संस्थाको कार्यालय गोंगबुमा सम्पन्न भएको छ। उपसमितिका संयोजक गीता रावलको अध्यक्षता तथा सहकारी का अध्यक्ष... पुरा पढ्नुहोस
गण्डकी प्रदेशको भाग्यरेखा कोरला नाकामा पूर्वाधार निर्माणमा सुस्तता
- 6 बर्ष, 3 महिना अगाडि
- २ चैत्र २०७५, शनिबार
कमल खत्री /प्रकाश सिलवाल म्याग्दी, २ चैत । छिमेकी चीनसँगको कोरला नाकाबाट व्यापार बढाउने लक्ष्यका साथ नेपाल सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ । चिनियाँ पक्षले ८० प्रतिशत काम सके पनि नेपाली पक्षको पूर्वाधार तयारीले गति नलिएका कारण मार्ग मुस्ताङको कोरला नाका सञ्चालनमा आउन अझै समय लाग्ने देखिएको छ ।... पुरा पढ्नुहोस
म्याग्दीका एसइइ परिक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था
- 6 बर्ष, 3 महिना अगाडि
- १ चैत्र २०७५, शुक्रबार
सन्तोष गौतम बेनी १ चैत । चैत १० गतेदेखि सुरु हुन लागेको एसइइ परिक्षाको म्याग्दी स्थित परिक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था मिलाइएको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयले परिक्षाको समयमा महिनावारी हुने छात्राहरुको सहजताका लागि प्रदेशका २१७ वटा परिक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था मिलाएको छ । मन्त्रालयकी निर्देशक तुलसा... पुरा पढ्नुहोस