झाँक्रिपानीमा टेलिकमको टावर विस्तार

  • ३१ जेष्ठ २०७६, शुक्रबार
  • 1377 पटक पढिएको

बेनी ३१ जेठ । म्याग्दीको मंगला गाउँपालिका–३ झाँक्रिपानीमा सरकारी स्वामित्वको दुरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले बिटिएस टावर स्थापना गरेर मोवाइल सेवा विस्तार गरेको छ ।समुन्द्री सतहदेखि दुई हजार ५७० मिटर उचाइमा अवस्थित झाँक्रिपानीमा स्थापना गरिएको बिटिएस शुक्रबारदेखि सञ्चालनमा ल्याइएको नेपाल टेलिकम म्याग्दी शाखाका प्रमुख बिष्णुदेव शाहले जानकारी दिनुभयो ।

टु र थ्रि जि (दोस्रो र तेस्रो) पुस्ताको इन्टरनेट चलाउन सकिने सुबिधा छ । भकिम्ली, बरंजा, अर्मन, किमचौर, कुहँु, पूर्णगाउँ, थाईबाई, हिदी, बागलुङको ताराखोला र अर्गलमा मोवाइल सेवा विस्तार भएको शाहले बताउनुभयो । म्याग्दीका ३५ स्थानमा बिटिएस टावर बिस्तार गरेको टेलिकमले ८२ प्रतिशत जिल्लाबासीमा सञ्चारको पहुँच पुगेको जनाएको छ ।