म्याग्दी समाचार

राम्चेमा स्वास्थ्य चौकी र आमा समूहको भवन उद्घाटन (फोटो फिचर)

सन्तोष गौतम राम्चे २१ फागुन । अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा निर्माण भएको स्वास्थ्य चौकी र राम्चे आमा समूहको भवनको मंगलबार एक समारोहका बिच उद्घाटन गरिएको छ । सहरी विकास मन्त्रालयले दुई करोड ६ लाख रुपैयाँमा निर्माण गरेको स्वास्थ्य चौकी भवन जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी र जग्गादाता सुखबहादुर तिलीजा... पुरा पढ्नुहोस

बहिरङ्ग उपचार केन्द्रको प्रगतिबारे दरबाङमा दुई दिने समिक्षा गोष्ठी

साधन राम्जाली मगर । दरबाङ्ग  २१ फागुन  ।  म्याग्दीेको मालिकाको दरबाङमा बहिरङ्ग उपचार केन्द्रको प्रगतीबारे दुई दिने समिक्षा गोष्ठी सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना र सुआहारा मिलन म्याग्दीको प्राविधिक सहयोगमा मंगलबार गाउँपालिका केन्द्र दरबाङ्गमा धवलागिरी,मालिका र मंगला गाउँपालिकामा संचालित बहिरङ्ग उपचार केन्द्रको प्रगतीको दुई दिने समिक्षा... पुरा पढ्नुहोस

सानालेखको महाशिवरात्री मेलामा माैलिकता(भिडियाे सहित)

धु्रबसागर शर्मा म्याग्दी २१ फागुन । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको सानालेखमा आयोजित दोस्रो महाशिवरात्री मेला एवम् विविध सांस्कृतिक कार्यक्रम २०७५ सबैका लागि अनुकरणीय बन्दै सम्पन्न भएको छ । सानालेखको लेखसाइड युथ क्लवको आयोजनामा गत शुक्रवारदेखि शुरु भएको मेला एवम् सांस्कृतिक कार्यक्रममा जेष्ठ नागरिक सम्मानदेखि लिएर लोपोन्मुख संस्कृतिको... पुरा पढ्नुहोस

गलेश्वरमा एकै दिन तीन लाख भन्दा बढी भेटि संकलन

सन्तोष गौतम बेनी २१ फागुन । बेनी नगरपालीका ९ स्थित गलेश्वर मन्दिरमा एकै दिन तीन लाख रुपैयाँ भन्दा बढी भेटि संकलन भएको छ । महाशिवरात्री पर्वको अवसरमा सोमबार गलेश्वरमा पुजाआजा र दर्शनका लागि आएका भक्तजनले तीन लाख १४ हजार २१० रुपैयाँ भेटी चढाएका हुन् । गलेश्वर क्षेत्र विकास कोषका सदस्य... पुरा पढ्नुहोस

मोना युएईद्वारा चिमखोलाकी इन्दिरा पुन ‘उसा’लाई आर्थिक सहयोग

म्याग्दी २१ फागुन । युएईमा खुट्टामा समस्या आएपछि समस्यामा परेकी म्याग्दीको रघुगंगा गाउँपालिका– ७ चिमखोलाकी इन्दिरा पुन (उसा) लाई म्याग्दी प्रवासी नेपाली संघ( मोना) युएईले आर्थिक सहयोग गरेको छ । एक्कासी खुट्टामा समस्या आएपछि हिँडडुल गर्न समेत नसक्ने भएको र कम्पनीले उपचारमा बेवास्ता गरेपछि मोना युएईले उनलाई घर फिर्ताको लागि... पुरा पढ्नुहोस

शिक्षक आन्दोलनले म्याग्दीको पठनपाठन प्रभावित

म्याग्दी, २१ फागुन । राहत तथा बाल विकास केन्द्र र अनुदान कोटामा कार्यरत शिक्षकहरूले आफ्नो शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको विरोधमा म्याग्दीमा मंगलबार सामुदायिक विद्यालयको पठनपाठन प्रभावित बनेको छ । राहत तथा बालविकास केन्द्रमा कार्यरत शिक्षकहरुले स्वतः स्थायी हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्दै सोमबार काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले... पुरा पढ्नुहोस

दोसल्लेमा आमाहरुको अगुवाइमा पदमार्ग निर्माण (फोटो फिचर)

सन्तोष गौतम, दोसल्ले २० फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ दोसल्लेमा आमाहरुको अगुवाइमा पदमार्ग निर्माण भएको छ । महिलाहरुले नाचगान गरेर जुटाएको पैसाले पदमार्ग बनाएका हुन् ।  जनजागृति आमा समूहको नेतृत्वमा दोसल्ले गाउँभरी ढुङ्गाको सिढी सहितको पदमार्ग बनाएका हुन् । डेढ मिटर चौडाई भएको ५०० मिटर पदमार्ग निर्माणमा नौ लाख... पुरा पढ्नुहोस

नेपाली काँग्रेसका सभापती देउवा सहित शिर्ष नेता बेनी आउदै

म्याग्दी, २० फागुन ।  नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा सहित शिर्ष नेताहरु यही फागुन २५ गते म्याग्दी सदरमुकाम बेनी आउने भएका छन् । देउवा सहित काँग्रेसका वरिष्ठ नेता एवम् पूर्व– उप–प्रधानमन्त्री रामचन्द्र पौडेल र पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा म्याग्दी आउने भएका हुन् ।  नेपाली काँग्रेस जिल्ला कार्यसमिति म्याग्दीकोे कार्यालय ‘वि.पी.... पुरा पढ्नुहोस

मोना पोर्तुगल अलेन्तेजो क्षेत्र दोस्रो अधीवेशन सम्पन्न, अध्यक्षमा पौडेल चयन

पोर्तुगल २० फागुन । पोर्तुगलमा बसोबास गर्ने म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्तुगलको क्षेत्रीय समिति मोना पोर्तुगल अलेन्तेजो क्षेत्रीय समितिको दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको अध्यक्षमा मणी रत्न पौडेल, बरिष्ठ उपाध्यक्ष निरोज कार्की, उपाध्यक्षमा इन्द्र बरुवाल, दिप शाही, कुल गर्बुजा, महासचिवमा धनुष छन्त्याल, सचिवमा... पुरा पढ्नुहोस

गलेश्वरमा शसस्त्र प्रहरीद्धारा हेलीप्याड निर्माण (फोटो फिचर)

कमल खत्री बेनी २० फागुन । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा हेलिप्याड निर्माण गरिएको छ । अत्याबश्यक समयमा उद्धार र राहतमा हेलीकप्टर अवतरणको लागि गलेश्वर स्थित सशस्त्र प्रहरीको गुल्मले हेलीप्याड निर्माण गरेको हो । गलेश्वर बहुउदेश्यीय बाटीका परिसरमा ४ दिन सम्म १३ जना सशस्त्र प्रहरी जवानहरुले श्रमदान गरेर हेलीप्याड निर्माण गरेको... पुरा पढ्नुहोस