शिख स्कुलका छात्रा विद्यार्थी र शिक्षिकाहरूलाई सामग्रीसहितको झोला वितरण

  • १५ मंसिर २०७६, आईतवार
  • 2067 पटक पढिएको

सेते तिलिजा पुन
म्याग्दी,१५ मंसिर । जिल्लाको अन्नपूर्ण गाउँपालिका– ५ शिखमा रहेको शिख माविमा अध्ययनरत छात्रा विद्यार्थी र शिक्षिकाहरूलाई अष्ट्रेलियन नागरिकहरूद्वारा शैक्षिक सामाग्री वितरण गरिएको छ ।डे फर गल्स इन्टरनेस्नल अन्तरगत अष्ट्रेलियाका चार नागरिकहरूले सो सामाग्री वितरण गरिएको हो ।


कार्यक्रममा लर्नका प्रोग्राम मेनेजर कृष्ण तिलिजा, प्रोग्राम अधिकृत मीन साही, बरिष्ठ प्रशिक्षक गोपाल ढुंगेलले महिनावारीको समयमा महिलाले ध्यान दिनु पर्ने कुराहरू, आक्रमणपछि त्यसबाट बच्ने साधारण उपायहरू र महिला बेचबिखन आदि वारे अभिनयसहित प्रदर्शन गरिएको थियो।महिनावारी हुँदा प्रयोग गरिने सामाग्री ९० थान विद्यालयमा अध्ययनरत छात्रा र शिक्षिकाहरूलाई वितरण गरिएको थियो।